ओमान सिरिजको लागि प्रारम्भिक राष्ट्रिय क्रिकेट टिमको घोषणा

मार्च १९ देखि नेपालले ओमानमा खेल्ने आयोजक ओमान र अमेरिका सम्मिलित विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको लागि ३२ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले प्रेस बिज्ञप्ति मार्फत बिहिबार टिमको घोषणा गरेको हो। सिरिजको लागि नेपाली टिमले माघ २४ गते देखि पहिलो चरणको प्रशिक्षण क्याम्प आयोजना गर्ने छ।

घोषित टिममा भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुको बाहुल्यता रहेको छ।

प्रधानमन्त्रीकपमा उत्कृस्ट ब्याट्सम्यान चुनिएका बागमती प्रदेशबाट खेलेका पृथु बास्कोटा सहित बागमतीबाट फास्ट बलर रामनरेश गिरि, लुम्बिनी प्रदेशका ब्याट्सम्यान सौरभ खनाल तथा लुम्बिनीका अलराउण्डर कृष्ण कार्की, प्रदेश-२ का ब्याट्सम्यान हरिशंकर शाह र बिबेक यादब, कर्णाली प्रदेशका फास्ट बलर अनुज चुनारा, सुदूरपश्चिमका ब्याट्सम्यान खड्ग बहादुर बोहरा, गण्डकी प्रदेशका ब्याट्सम्यान अर्जुन कुमाल टिममा स्थान बनाउन सफल भएका छन्।

Arjun Kumal

यस्तै विभागीय टोलि त्रिभुवन आर्मी क्लबका फास्ट बलर बिक्रम सोब, अलराउण्डर राजेश पुलामी, ब्याट्सम्यान रोहित पौडेल, देब्रे हातेस्पिनरद्वय सुशन भारि र शाहब आलम टिममा छन्। नेपाल पुलिस क्लबका ब्याट्सम्यान सुनिल धमला र कुशल भुर्तेल, अलराउण्डर पवन सर्राफ तथा देब्रे हाते स्पिनर ललित राजबंशी टिममा छन्। यस्तै एपीएफ क्लबका ब्याट्सम्यान सन्दिप जोरा र आसिफ शेख, फास्ट बलर कमल सिंह ऐरी टिममा छन्।

अनुभवी राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी भने ३२ सदस्यीय प्रारम्भिक टिममा छैनन्। रेग्मी प्रधानमन्त्री कपको दौरान घाइते हुँदा प्रतियोगिताको अन्तिम-२ खेल खेल्न सकेका थिएनन्। उनि टिममा नहुनुको कारण घाइते हुनु हो या अन्य कारण हो खुलेको छैन।

यस्तो छ घोषित ३२ सदस्यीय प्रारम्भिक टिम :

१.  ज्ञानेन्द्र मल्ल, २. पारस खड्का, ३. बिनोद भण्डारी, ४. सन्दिप लामिछाने, ५. करन केसी, ६. कुशल मल्ल, ७. सोमपाल कामि, ८. दिपेन्द्र सिंह ऐरी, ९. अविनाश बोहरा, १०. शरद भेसावकर , ११ पवन सर्राफ, १२. अनुज चुनारा , १३. खडग बहादुर बोहरा, १४. कृष्ण कार्की, १५. अर्जुन कुमाल, १६. राम नरेश गिरि, १७. बिबेक यादव, १८. हरि शंकर शाह, १९. ललित राजबंशी, २०. कुशल भुर्तेल, २१. सुनिल धमला, २२. आसिफ शेख, २३. कमल सिंह ऐरी, २४.सन्दिप जोरा, २५. शाहब आलम, २६. सुशन भारि, २७. रोहित पौडेल, २८. राजेश पुलामी, २९. बिक्रम सोब, ३०. सौरभ खनाल, ३१. पृथु बास्कोटा, ३२. आरिफ शेख

क्यानले पहिलो चरणमा कप्तान ज्ञानेन्द्र मल्ल सहित, पारस, बिनोद, सन्दिप, करन, कुशल, सोमपाल, दिपेन्द्र, आरिफ, अविनाश र शरदलाई बन्द प्रशिक्षणमा समाबेश गर्नेछैन। यी बाहेकका खेलाडीहरुलाई माघ २४ देखि बन्द प्रशिक्षणमा राखिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy