ओमान र अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रियको राष्ट्रको मान्यता

  • विकेटनेपाल, बैशाख-११ 

अमेरिका र ओमानले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउने पक्का भएको छ।

गत वर्ष जिम्बाबेमा आयोजित एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो। १२ टेस्ट राष्ट्र पछि स्कटल्याण्ड, युएई, नेपाल र नेदरल्याण्डले एकदिवसीय रास्ट्रको मान्यता पाएको थियो।

नामिबियामा जारी आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा सहभागी ६ टिम मध्ये उत्कृस्ट ४ टिमलाई आईसीसीले एकदिवसीय राष्ट्रको मान्यता दिंदैछ। डिभिजन-२ पछि अब एकदिवसीय राष्ट्रको मान्यता पाउने देशको संख्या २० पुग्नेछ।

सोहि अनुरुप प्रतियोगितामा १ खेल खेल्न बाँकी रहँदै अमेरिकाले एकदिवसीय राष्ट्रको मान्यता पाएको छ। उता ओमनाले लगातार ४ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता सुनिस्चित गर्यो।

ओमानले प्रतियोगितामा अमेरिकालाई पहिलो खेलमा, दोश्रो खेलमा क्यानडा तथा तेश्रो खेलमा हंगकंगलाई पराजित गरिसकेको छ। आजको खेलमा क्यानडाले पपुवा न्यु गिनीलाई पराजित गरे ओमानको एकदिवसीय मान्यता निश्चित थियो। सोहि अनुरुप क्यानडाले पपुवा न्यु गिनीलाई ३ विकेटले पराजित गर्यो। तथापी ओमानले नामिबियालाई पराजित गर्दै चौथो जित दर्ता गर्यो।

ओमानले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको यो पहिलो पटक हो। वर्तमानमा यो मान्यता पाउने ओमान १७ औं राष्ट्र बन्यो।

सन् २०१६ मा डिभिजन-५ खेलेको ओमानले त्यसपछि २०१७ मा डिभिजन-४ र डिभिजन-३ हुँदै २०१९ मा ३ वर्षको अन्तरमा एकदिवसीय राष्ट्रको मान्यता पायो।

अमेरिका बन्यो १८ औं राष्ट्र, ओमानसंग हार पछि लगातार तेश्रो जित  

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको अमेरिका एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने १८ औं राष्ट्र बनेको छ। पुबुदुको कार्यकालमा त नेपालले एकदिवसी रास्ट्रको मान्यता पाउन सकेन तर उनको प्रशिक्षणमा अमेरिकाले भने एकदिवसीय राष्ट्र बन्दै उनको सपना पुरा गरेको छ।

जारि डिभिजन-२ को पहिलो खेलमा ओमानसंग ६ विकेटले पराजित भएको अमेरिकाले त्यसपछि लगातार ३ खेलमा जित हात पार्ने क्रममा नामिबिया, पपुवा न्यु गिनी र हंगकंगलाई पराजित गर्यो।

आजको खेलमा अमेरिकाले हंगकंगलाई पराजित गरे एकदिवसीय राष्ट्र हुने निश्चित थियो। जस अनुरुप पहिले ब्याटिंग गर्दै अमेरिकाले दिइएको २८१ रन लक्ष्य पछ्याउने क्रममा हंगकंगले १९६ रन मात्र बनाउन सक्यो। ८४ रनको जितको साथै अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता समेत पायो।

अमेरिकाले अधिकारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको यो पहिलो पटक हो। सन् २००४ को आईसीसी च्याम्पियन्स ट्रफीमा अमेरिका छनौट हुँदा आईसीसीले अमेरिकालाई अस्थाई रुपमा प्रतियोगिताको लागि एकदिवसीय राष्ट्रको मान्यता दिएको थियो।

अब बाँकी २ रास्ट्र को होलान् ?

बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आज ओमानले नामिबियालाई पराजित गर्दै चौथो जित दर्ता गरको छ भने अमेरिकाले ४ खेलमा ३ जित र १ हार बेहोरेको छ। अमेरिका र ओमान दुवैले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाईसकेको छ।

अंकतालिकामा तेश्रो स्थानमा रहेको नामिबियाको ४ खेलमा २ जित र २ हार रहेको छ। उता हंगकंग, क्यानडा र पपुवा न्यु गिनीको ४ खेलमा १ जित र ३ हार रहेको छ।

credit – @BdJcricket

अब नामिबियाले आफ्नो अन्तिम खेलमा शुक्रबार हंगकंगलाई पराजित गरको खण्डमा एकदिवसीय राष्ट्रको मान्यता निश्चित हुनेछ। अर्को तर्फ १/१ जित हात पारेको क्यानडा, हंगकंग र पपुवा न्यु गिनीले पनि अन्तिम खेलमा जित दर्ता गरे मान्यता पाउने सम्भावना रहन्छ।

शुक्रबार हुने डिभिजन-२ को अन्तिम ३ खेलमा क्यानडा र अमेरिका, नामिबिया र हंगकंग तथा ओमान र पपुवा न्यु गिनीले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]