काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा बिहीबार बिहान दशौं खेल हुदैछ ।
नवौं संस्करणको विश्वकपको दशौं खेलमा समूह बी मा रहेका अस्ट्रेलिया र ओमानबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार सोमबार बिहान सवा छ मा वेस्ट इन्डिजको बारबाडोसमा हुदैछ ।
सन् २०२१ मा भएको सातौं संस्करणको च्याम्पियन अस्ट्रेलिया आफ्नो पहिलो खेल खेल्दैछ । आफ्नो पहिलो खेलबाटै जितको सुरुआत गर्ने लक्ष्यमा अस्ट्रेलिया रहेको छ । गत संस्करणमा शीर्ष आठमा रहँदै यस विश्वकपका लागि अस्ट्रेलिया छानिएको हो ।
यता, तेस्रो पटक विश्वकप खेल्दै गरेको ओमान एसिया क्षेत्र छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो । ओमानले छनोटको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित ओमान पहिलो जितको खोजीमा रहेको छ । यि दुवै राष्ट्र पहिलो पटक आमने सामने हुदैछन् ।
नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह बी मा अस्ट्रेलिया र ओमानका अलावा नामिबिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।
समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।
सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।