काठमाडौं । कुवेतले टि२० विश्वकपको एसिया तथा पुर्वी एसिया प्यासेफिक क्षेत्रिय छनोटको वार्मअप खेलमा ओमानलाई हराएको छ ।
शुक्रबार ओमानको मस्कट भएको खेलमा नेपालसँगै एकै समूहमा रहेको कुवेतले घरेलु टोलीलाई ३ विकेटले पराजित गरेको हो । ओमानले दिएको १ सय ३० रनको लक्ष्य कुवेतले ७ विकेट गुमाएर १८.५ ओभरमा पूरा गर्यो ।
कुवेतको जितमा बिलाल बिलालले सर्वाधिक २१ रन जोडे । मोहम्मद अस्लाम १८ रनमा अविजित रहँदा राजिभ बोडादुरा १८ रनमा आउट भए ।
ओमानका लागि जितेनकुमार रामानन्दीले ३ तथा सोफियान मोहम्मदले २ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेकने ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो । ओमानका लागि आर्यन राजु बिष्टले सर्वाधिक ३५ तथा जितेनकुमार रामानन्दीले १५ रन जोडेका थिए ।
कुवेतका लागि अनुदिप चिन्थामाराले ३ तथा नभिनराज राजेन्द्रनले २ विकेट लिएका थिए । नेपालले पनि दुई वार्मअप खेल खेल्नेछ । पहिलो वार्म खेलमा शनिबार नेपालले ओमानको सामना गर्दैछ ।
