सुपर ओभरमा नामिबियाले ओमानलाई हरायो

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा समूह बी को नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा प्रतियोगिताको आफ्नो पहिलो खेल जितका साथ सुरुआत गर्ने क्रममा नामिबियाले सुपर ओभरमा ११ रनको जित निकालको हो ।

सुपर ओभरमा पहिले ब्याटिङमा आएको नामिबियाले २१ रन बनायो । उसका लागि डेबिड विजाले ४ बलको सामना गर्दै १३ रन बनाए । अर्को तर्फ कप्तान ग्रेहार्ड इरास्मसले २ बलमा सहयोगमा ८ रन बनाए । ओमानका लागि बलिङमा बिलाल खान आएका थिए ।

नामिबियाले दिएको २२ रनको लक्ष्य पछ्याएको ओमानले १० रन मात्र बनाउन सक्यो । ओमानका लागि नसिम खुसिले ३ बलमा २ बनाउँदै सुपर ओभरको तेस्रो बलमा आउट भए । खुसि आउट भएसँगै क्रिजमा आएका कप्तान अकिब ईल्यासले २ बलमा ७ रन बनाए । जिशान मक्शुदले १ बलमा १ रन बनाए ।

नामिबियाका लागि डेबिड विजे बलिङमा आएका थिए ।

सुपर ओभर अघि ओमानले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन नै बनाएको थियो ।

नामिबियाको जितमा जान फ्रायलिंकले ४८ बलमा ६ चौकाको सहयोगमा ४५ रनको ईनिङ खेले । निकोलस डाभिनले ३१ बलमा २४ तथा कप्तान ग्रेहार्ड इरास्मसले १६ बलमा १३ रन बनाए । अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन चाहिएको अवस्थामा मेहरान खानको कसिलो बलिङ गरेका थिए ।

अन्तिम ओभरमा मेहरानले २ विकेट लिदै ३ रन खर्चिएका थिए ।

ओमानका लागि मेहरान खानले तीन तथा बिलाल खान, अकिब इल्यास र आयन खानले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलब ४ ओभरमा अल आउट हुदै १ सय ९ रनमा समेटिएको थियो ।

ओमानका लागि खालिद कैलले ३९ बलमा १ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । जिशान मक्सुदले २० बलमा २२ तथा आयान खानले २१ बलमा १५ रन बनाए ।

इनिङको सुरुआती दुई बलमा विकेट लिदै सुरु गरेको नामिबियाले नियमित रुपमा विकेट लिदै ओमानलाई कम योगफलमा नै समेट्न सफल भयो ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले चार तथा डेबिड बिजेले तीन विकेट लिए । ग्रेहार्ड इरास्मसले दुई विकेट लिए ।

जितका साथ नामिबिया समूह बी को शीर्ष स्थानमा छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह बी मा नामिबिया र ओमानका अलावा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]