आइसीसी टी-२० विश्वकप : ओमान र नामिबिया खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा आइतबार बिहानबाट सुरु नवौं संस्करणको टी-२० विश्वकपमा सोमबार बिहान तेस्रो खेल हुदैछ ।

नवौं संस्करणको विश्वकपको तेस्रो खेलमा समूह बी मा रहेका नामिबिया र ओमानबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार सोमबार बिहान सवा छ मा वेस्ट इन्डिजको बारबाडोसमा हुदैछ ।

नामिबियाको टी-२० विश्वकपमा यो लगातार तेस्रो सहभागीता हो । २०२१ मा पहिलो पटकको सहभागीतामा सुपर १२ मा स्थान बनाउँन सफल नामिबियाले गत संस्करणको आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै ठूलो सफलता हात पारेको थियो । नामिबिया अफ्रिका महादेश छनोटबाट शीर्ष दुईमा रहेर विश्वकपमा छनोट भएको हो ।

यता, तेस्रो पटक विश्वकप खेल्दै गरेको ओमान एसिया क्षेत्र छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो । ओमानले छनोटको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरेको थियो ।

ओमान र नामिबियाबीच टी-२० आईको पछिल्लो पाँच खेलमा नामिबिया तीन तथा ओमान दुई खेलमा विजयी भएको छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह बी मा नामिबिया र ओमानका अलावा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]