नामिबियामाथि ओमानको जित

काठमाडौं । ओमानले नामिबियामाथि विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सानदार जित हात पारेको छ ।

लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा ओमानले चार विकेटको जित हात पारेको हो ।

नामिबियाले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले १७ दशमलब २ ओभरमा विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा कप्तान अकिव ईल्यासले १ सय २९ बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । आलिद कैलले ५५ बलमा ४३ तथा सोयब खानले ३८ बलमा अविजित २६ रन बनाए ।

नामिबियाका लागि ज्याक ब्रासेल्सले दुई तथा बेन सिकाङ्गो र टांगेनी लुंगामेनीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

नामिबियाका लागि मलान क्रुजरले ९० बलमा ७३ तथा जेजे स्मिथले ७५ बलमा ४१ रन बनाए । माईकल भान लिङ्गेनले ४० तथा जान फ्रायलिङकले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

ओमानका लागि बिलाल खानले तीन तथा फैयज बटले दुई विकेट लिए ।

जितसँगै आठ टोली सहभागी लिग टू को अंक तालिकामा ओमान तीन अंकका साथ पाँचौ स्थानमा कायमै छ । लिग टू अन्तर्गत आठ अंकका साथ नामिबिया दोस्रो स्थानमा कायमै छ । क्यानडा आठ अंकका साथ शीर्ष स्थानमा छ । अंकतालिकामा दुई अंकका साथ नेपाल छैटौं स्थानमा छ ।

लिग टूको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]