नेपालले पायो १११ रनको लक्ष्य

काठमाडौं । टि२० विश्वकप एसिया तथा पुर्वी एसिया छनोटको वार्मअप खेलमा नेपालले घरेलु टोली ओमानबाट १ सय ११ रनको लक्ष्य पाएको छ ।

ओमानको मस्कटमा नेपालले टस जितेर बलिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङ गरेको थियो । ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रनको योगफल तयार गर्यो ।

ओमानका लागि आर्यन राजु बिष्ट सर्वाधिक २३ रनमा आउट भए । नदिम खान १२ तथा मोहम्मद नदिम १० रनमा आउट हुँदा ओमानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २ र कुशल मल्ल तथा नन्दन यादवले समान १ विकेट लिए । घरेलु टोलीमाथि जित निकाल्दै नेपाल ओमान यात्राको राम्रो सुरुवात गर्न चाहन्छ ।

उता, ओमान पहिलो खेलमा केही कमजोर मानिएको कुवेतसँग पराजित भएकोमा यस खेलमा जित निकाल्न चाहन्छ । नेपालले दोस्रो तथा अन्तिम वार्मअप खेल सोमबार कतारसँग खेल्नेछ ।

छनोट आगामी बुधवारबाट सुरु हुनेछ । छनोटमा ९ राष्ट्रको सहभागीता रहनेछ । सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा रहेको छ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy