T20WC : इतिहास रच्दै स्कटल्याण्ड दोश्रो चरणमा, ओमान पहिलो चरणबाटै बाहिर

आयोजक ओमानलाई ८ विकेटले सहजै पराजित गर्दै स्कटल्याण्ड इतिहासमै पहिलो पटक आईसीसी टि-ट्वान्टी विश्वकपको दोश्रो चरण ( सुपर-१२ ) प्रवेश गरेको छ। सन् २००७, २००९ र २०१६ को विश्वकपमा स्कटल्याण्ड पहिलो चरण पार्न गर्न असफल रहेको थियो। स्कटल्याण्डले सुपर -१२ चरणमा पहिलो खेल अफगानिस्तानसंग अक्टोबर २५ तारिखमा खेल्नेछ।

तिन वटै खेल जित्दै स्कटल्याण्ड समुह विजेताको रुपमा सुपर-१२ चरण प्रवेश गर्यो। स्कटल्याण्डले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ६ रनले तथा दोश्रो खेलमा पपुवा न्यु गिनीलाई १७ रनले पराजित गरेको थियो। हार पछि तिन खेलमा एक जित र दुई हार बेहोरेको आयोजक ओमान दोश्रो चरण प्रवेश गर्न असफल रह्यो। तिन खेलमा दुई जित र एक हार बेहोरेको बंगलादेश समुह ‘बि’ उपविजेताको रुपमा सुपर-१२ चरण प्रवेश गर्यो। पपुवा न्यु गिनी सबै तिन खेल हार्दै यस अघिनै बाहिरिसकेको थियो। सुपर-१२ चरणमा स्कटल्याण्ड समुह ‘२’ मा प्रवेश गरेको छ जुन समुहमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान तथा समुह ‘ए’ को उपविजेता टिम हुनेछ। बंगलादेश समुह ‘१’ मा प्रवेश गरेको छ जहाँ इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र समुह ‘ए’ को विजेता रहनेछन्।

ओमानको अल अमिरात मैदानमा सम्पन्न समुह ‘बि’ को अन्तिम खेलमा ओमानले दिएको १२३ रनको लक्ष्य स्कटल्याण्डले ३ ओभर बाँकी रहँदै मात्र २ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्ड ओपनर कायल कोट्जर र जर्ज मुन्सेले ३३ रन जोडे। पाँचौ ओभरमा मुनसे २० रन बनाएर आउट भएपछि कोट्जरले म्याथु क्रससंग ४२ रन जोडे। २८ बलमा २ चौका र ३ छक्का मद्दतले ३१ रन बनाएका कोट्जरलाई खवर अलिले दशौँ ओभरमा बोल्ड गरे। त्यसपछि क्रसले रिची बेरिंगटनसंग अविजित ४८ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। क्रसले ३५ बलमा २६ रन तथा बेरिंगटनले २१ बलमा १ चौका र ३ छक्का मद्दतले ३१ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको ओमानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। उसको लागि अकिब इल्यासले सर्वाधिक ३७ रन, जिशान मक्सुदले ३४ रन तथा मोहम्मद नदीमले २५ रन बनाए।

खराब सुरुवात गरेको ओमानले १३ रनमै २ विकेट गुमायो। त्यसपछि अकिब इल्यासले मोहम्मद नदीमसंग ३८ रन जोडे। दशौँ ओभरमा इल्यास आउट भए जसपछि नदीमले कप्तान जिशान मक्सुदसंग २८ रन जोडे। नदीम आउट भएपछि मक्सुदले एक किनार सम्हालेता पनि अर्को किनारमा लगातार विकेट गुम्यो। इनिंग्सको अन्तिम ओभरमा मक्सुद सहित तिन ओमान ब्याट्सम्यान आउट भए। इनिंग्सको अन्तिम ५ ओभरमा ओमानले ५ विकेट गुमाएर मात्र २८ रन बनाउन सक्यो।

स्कटल्याण्डको बलिंगमा जोश डेभिले सर्वाधिक ३ विकेट ( ४-०-२५-३ ) लिए। माइकल लिस्क ( ३-०-१३-२ ) र सफ्यान सरिफ ( ४-०-२५-२ ) ले समान २ विकेट लिए। मार्क वाटले १ विकेट लिए।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]