काठमाडौं । ओमानमाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सानदार जित हात पारेको छ ।
लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको चौथो खेलमा स्कटल्यान्डले ८ विकेटको फराकिलो जित हात पारेको हो ।
ओमानले दिएको ९२ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ दशमलब २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले ४३ बलमा अविजित ३७ तथा कप्तान रिची बेरिङ्गटनले २८ बलमा अविजित २४ रन बनाए ।
ओमानका लागि फैयज बट र बिलाल खानले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २१ दशमलब ४ ओभरमा ९१ रन बनाउँदै अल आउट भएको थियो ।
ओमानका लागि प्रतिक अथाभालेले ५६ बलमा ३४ तथा मेहरान खानले ९ बलमा १७ रन बनाए । जिशान मक्शुदले २३ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
स्कटल्यान्डका लागि चार्ली कैसेलले ५ दशमलब ४ ओभरमा २१ रन खर्चिएर सात विकेट लिए ।
जितसँगै आठ टोली सहभागी लिग टू को अंक तालिकामा स्कटल्यान्ड सात अंकका साथ तेस्रो स्थानमा कायमै छ । लिग टू अन्तर्गत एक अंकका साथ ओमान छैटौं स्थानमा कायमै छ । क्यानडा आठ अंकका साथ शीर्ष स्थानमा छ । अंकतालिकामा दुई अंकका साथ नेपाल पाँचौं स्थानमा छ ।
लिग टूको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् ।