टी-२० विश्वकप : ओमान र स्कटल्यान्ड खेल्दै

२०८१ जेष्ठ २७, आईतवार १४:२०

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा आज (आइतबार) स्कटल्यान्ड र ओमानबीच खेल हुदैछ ।

नवौं संस्करणको विश्वकपको बिसौं खेलमा समूह बी मा रहेका स्कटल्यान्ड र ओमानकाबीचको खेल नेपाली समय अनुसार आइतबार बेलुका पौने ११ मा वेस्ट इन्डिजको एन्डिगुवामा हुदैछ ।

छैठौं पटक विश्वकप खेल्दै गरेको स्कटल्यान्ड युरोप महादेशको क्षेत्रिय छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो । पहिलो खेलमा स्कटल्यान्डले इंग्ल्यान्डसँग वर्षाका कारण खेल रोकिएपछि अंक बाडेको थियो । भने, दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

यता, एसिया महादेशीय छनोट पार गरेर विश्वकपमा स्थान बनाएको ओमान भने सुरुआती दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित ओमानले दोस्रो खेलमा अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।

ओमान र स्कटल्यान्ड रहेको समूह बी मा अस्ट्रेलिया शीर्ष र स्कटल्यान्ड दोस्रो स्थानमा छन् ।

नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह बी मा ओमान र स्कटल्यान्डका अलावा इंग्ल्यान्ड, नामिबिया, अस्ट्रेलिया तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy