टी-२० विश्वकप : ओमान र स्कटल्यान्ड खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा आज (आइतबार) स्कटल्यान्ड र ओमानबीच खेल हुदैछ ।

नवौं संस्करणको विश्वकपको बिसौं खेलमा समूह बी मा रहेका स्कटल्यान्ड र ओमानकाबीचको खेल नेपाली समय अनुसार आइतबार बेलुका पौने ११ मा वेस्ट इन्डिजको एन्डिगुवामा हुदैछ ।

छैठौं पटक विश्वकप खेल्दै गरेको स्कटल्यान्ड युरोप महादेशको क्षेत्रिय छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो । पहिलो खेलमा स्कटल्यान्डले इंग्ल्यान्डसँग वर्षाका कारण खेल रोकिएपछि अंक बाडेको थियो । भने, दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

यता, एसिया महादेशीय छनोट पार गरेर विश्वकपमा स्थान बनाएको ओमान भने सुरुआती दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित ओमानले दोस्रो खेलमा अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।

ओमान र स्कटल्यान्ड रहेको समूह बी मा अस्ट्रेलिया शीर्ष र स्कटल्यान्ड दोस्रो स्थानमा छन् ।

नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह बी मा ओमान र स्कटल्यान्डका अलावा इंग्ल्यान्ड, नामिबिया, अस्ट्रेलिया तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]