बिराटनगरमा एकदिवसीय ‘बिराट कप क्रिकेट’ आयोजना हुने

२०७४ चैत्र १४, बुधबार ०९:०२

  • विकेटनेपाल, चैत्र १४ – बुधबार

नेपालको घरेलु क्रिकेटमा टी-२० क्रिकेट प्रतियोगिताको बाहुल्यता रहेको अवस्थामा बिराटनगरमा पहिलोपल्ट एकदिवसीय विराट क्रिकेट कपको आयोजना हुने घोषणा भएको छ। बैशाख २० गतेदेखि जेष्ठ ५ गतेसम्म आयोजना हुने प्रतियोगिता लिग-कम नकआउटका आधारमा हुने छ जसमा ८ वटा टिमको सहभागिता रहने छ।

प्रतियोगिता आयोजक पुर्वान्चल क्रिकेट एकेडेमीका सचिव सुब्रथ पौडेलका अनुसार सकभर प्रतियोगिता फ़्रेन्चाइज्का आधारमा संचालन हुनेछ अन्यथा ८ वटा क्लबहरुलाईनै निमन्त्रणा गरेर आयोजना गरिने छ। पुरस्कार राशी तथा अन्य सम्बधमा पछी हुने पत्रकार सम्मेलनमा जानकारी दिईने उनले बताए।

पौडेलले नेपालले एकदिवसीय मान्यता पाएको र त्यसलाई जीवित राख्न एकदिवसीय प्रतियोगितानै आबश्यकता रहेकोमा जोड दिए” नेपाल भर्खरै वानडे मान्यता प्राप्त राष्ट्र भएको छ। टी- २० प्रतियोगिताहरु धेरै भएको अवस्थामा यसलाई जोगाईराख्न घरेलु क्रिकेटमा पनि ५० ओभरको क्रिकेटको महत्त्वपुर्ण भूमिका हुनेगर्छ ।”

प्रतियोगिताको बारेमा जानकारी दिँदै सुवरथ पौडेल

पत्रकार सम्मेलनमा उपस्थित राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले एकदिवसीय प्रतियोगिता आयोजना हुनुमा खुसि ब्यक्त गरे। उनले लामो समयपछि ५० ओभर प्रतियोगिता आयोजना हुन लागेको र गुणस्तरीय प्रतियोगिताको आयोजनाले मात्र क्रिकेट अघि बढ्ने बताए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy