बिराटनगरमा एकदिवसीय ‘बिराट कप क्रिकेट’ आयोजना हुने

  • विकेटनेपाल, चैत्र १४ – बुधबार

नेपालको घरेलु क्रिकेटमा टी-२० क्रिकेट प्रतियोगिताको बाहुल्यता रहेको अवस्थामा बिराटनगरमा पहिलोपल्ट एकदिवसीय विराट क्रिकेट कपको आयोजना हुने घोषणा भएको छ। बैशाख २० गतेदेखि जेष्ठ ५ गतेसम्म आयोजना हुने प्रतियोगिता लिग-कम नकआउटका आधारमा हुने छ जसमा ८ वटा टिमको सहभागिता रहने छ।

प्रतियोगिता आयोजक पुर्वान्चल क्रिकेट एकेडेमीका सचिव सुब्रथ पौडेलका अनुसार सकभर प्रतियोगिता फ़्रेन्चाइज्का आधारमा संचालन हुनेछ अन्यथा ८ वटा क्लबहरुलाईनै निमन्त्रणा गरेर आयोजना गरिने छ। पुरस्कार राशी तथा अन्य सम्बधमा पछी हुने पत्रकार सम्मेलनमा जानकारी दिईने उनले बताए।

पौडेलले नेपालले एकदिवसीय मान्यता पाएको र त्यसलाई जीवित राख्न एकदिवसीय प्रतियोगितानै आबश्यकता रहेकोमा जोड दिए” नेपाल भर्खरै वानडे मान्यता प्राप्त राष्ट्र भएको छ। टी- २० प्रतियोगिताहरु धेरै भएको अवस्थामा यसलाई जोगाईराख्न घरेलु क्रिकेटमा पनि ५० ओभरको क्रिकेटको महत्त्वपुर्ण भूमिका हुनेगर्छ ।”

प्रतियोगिताको बारेमा जानकारी दिँदै सुवरथ पौडेल

पत्रकार सम्मेलनमा उपस्थित राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले एकदिवसीय प्रतियोगिता आयोजना हुनुमा खुसि ब्यक्त गरे। उनले लामो समयपछि ५० ओभर प्रतियोगिता आयोजना हुन लागेको र गुणस्तरीय प्रतियोगिताको आयोजनाले मात्र क्रिकेट अघि बढ्ने बताए ।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]