डिपिएल-३ को औपचारिक उद्घाटन सम्पन्न, पवन अग्रवाल र सुनोज भट्टराई सम्मानित

धनगढी, माघ २६ – धनगढीमा आजदेखि सुरुहुने भनिएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण माघ २८ गतेका लागि सारिएको छ। यधपी प्रतियोगिता सारिएपनि यसैबीच हुने भनिएको प्रतियोगिताको औपचारिक कार्यक्रमलाई भने निरन्तरता दिइएको छ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको आज धनगढीमा उद्घाटन गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका बीच लिगको तेस्रो संस्करणको उद्घाटन गरे । बर्षाका कारण प्रतियोगिता उद्घाटन भएपनि खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने भएका छन् । लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिन सारिएको हो । दुई दिन खेल सारेसँगै नयाँ खेल तालिका पनि निकालिएको छ । सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्।

डीपीएलको पुरस्कार राशीमा यस पटक वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक/एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यस्तै आयोजकले दर्शकहरुका लागि टिकट दर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकेको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।

अग्रवाल र भट्टाराई सम्मानित

धनगढीको होटल फ्लोरामा आयोजित प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रममा धनगढी क्रिकेट सम्मान र स्वर्गीय अर्जुन खड्का स्मृति क्रिकेट सम्मान भने प्रदान गरिएको छ। धनगढी सम्मान नेपाली क्रिकेट टिमका पुर्वकप्तान समेत रहेका पवन अग्रवाल तथा अर्जुन खड्का सम्मान पछिल्लोपल्ट नेत्रहीन महिला क्रिकेट टिम छनौट समितिमा रहेका सुनोज भट्टाराईलाई प्रदान गरियो। स्व. अर्जुन खड्काकै धनगढीमा क्रिकेटको बिकासको लागि कदम चाल्ने व्यक्ति हुन्।

दुवै पुर्व खेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएको भन्दै उनीहरुको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो। दुवै खेलाडीहरुले जनही १/१ लाख पुरस्कार राशि प्राप्त गरे।

नेपाली क्रिकेट टिमको नेतृत्व समेत गरेका अग्रवाल बिबाद समाधानको लागि आइसीसीले बनाएको तदर्थ (सल्लाहकार) समितिका सदस्य समेत रहेका थिए। त्यस्तै नेपालमा क्रिकेट हेर्ने निकाय आइसीसी प्रतिबन्धमा परेपछि खेलाडीहरुलाई एक्सपोजर दिने हिसाबले सन् २०१६ मा बनाइएको संस्था क्रिकेट खेलाडी संघ, नेपालका समेत पहिलो अध्यक्षको रुपमा समेत चुनिएका थिए।

नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनुपहिले नै खेलाडीको रुपबाट प्रशिक्षकको भूमिकामा परिवर्तन भईसकेका थिए सुनोज भट्टराई। उनले नेपाल पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सन् १९९६ मा एसीसी ट्रफीमा भाग लिंदा सहायक प्रशिक्षकको भूमिकामा रहेका थिए। त्यसपछि निरन्तर प्रशिक्षण गर्दै आएका बरिष्ठ प्रशिक्षक सुनोज पछिल्लो पल्ट नेपाली महिला नेत्रहीन क्रिकेट टिम पाकिस्तानसँगको ऐतिहासिक सिरिज खेल्न जाने टिमको छनौट सदस्यमा थिए।

सम्मानबापतको रकम फाप्लालाई

पुर्व कप्तान पवन अग्रवालले आफुले सम्मानबापत प्राप्त गरेको १ लाख रुपैयाँ फाप्ला क्रिकेट मैदानलाई हस्तान्तरण गरेका छन्। क्रिकेटको शहर धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणार्थ थालनी गरिएको ड्रिम फाप्ला प्रोजेक्टलाई अग्रवालले सम्मान रकम हस्तान्तरण गर्ने घोषणा गरेका हुन्।

पवन अग्रवाल

देशमा अथवा धनगढीमा छुट्टै स्तरीय क्रिकेट मैदानको आबश्यकता महसुस गर्दै सन् २०१५ को फेब्रुअरीमा घोषित अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना ‘ड्रिम फाप्ला’ अभियानले चालीस हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने बोकेको छ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]