पारस खड्काको एपेन्डिसाइटिस अपरेसन, यस्तो छ अवस्था

काठमाडौं, फागुन ८ आइतबार ।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सफल उपचारपछि आज अपरान्ह अस्पतालबाट घर फर्किएका छन् ।

अचानक पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पारस ३ दिनपछि आज घर फर्किएका हुन् l

पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस बीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले उहाँको क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्दाहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरीएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

paras khadka

पारसलाई एकहप्ता पछि फलोअपका लागि बोलाइएको अस्पतालले जनाएको छ ।

पारसको उपचारमा डा. प्रबिण बिक्रम थापा, डा. धिरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेको थियो । एनेस्थेसियामा डा. मुरारीराज उप्रेति र डा. अर्चन अधिकारीको टिमले साथ दिएको थियो ।

पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरीएकाले खड्का चाडै खेल मैदानमा फर्कने उहाँको उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ।

गत शुक्रबार दिउँसो सहनै नसक्ने गरेर पेट दुखेपछि खड्कालाई परिवारका सदस्यले अस्पताल पुर्याएका थिए ।

भारत नजाने 

आराम गर्नु पर्ने भएका कारण पारस खड्का आगामी हफ्ता अभ्यास खेलको लागि नेपाली टिमसंग भारत नजाने भएका छन् l नेपाली टिम २४ फेब्रुवरीमा भारतको नोयडा गएर अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ l नेपाली टिम फर्किएपछि पारस अभ्यासमा फर्कनेछन् l

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy