पारस खड्काको एपेन्डिसाइटिस अपरेसन, यस्तो छ अवस्था

Paras khadka

काठमाडौं, फागुन ८ आइतबार ।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सफल उपचारपछि आज अपरान्ह अस्पतालबाट घर फर्किएका छन् ।

अचानक पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पारस ३ दिनपछि आज घर फर्किएका हुन् l

पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस बीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले उहाँको क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्दाहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरीएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

paras khadka

पारसलाई एकहप्ता पछि फलोअपका लागि बोलाइएको अस्पतालले जनाएको छ ।

पारसको उपचारमा डा. प्रबिण बिक्रम थापा, डा. धिरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेको थियो । एनेस्थेसियामा डा. मुरारीराज उप्रेति र डा. अर्चन अधिकारीको टिमले साथ दिएको थियो ।

पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरीएकाले खड्का चाडै खेल मैदानमा फर्कने उहाँको उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ।

गत शुक्रबार दिउँसो सहनै नसक्ने गरेर पेट दुखेपछि खड्कालाई परिवारका सदस्यले अस्पताल पुर्याएका थिए ।

भारत नजाने 

आराम गर्नु पर्ने भएका कारण पारस खड्का आगामी हफ्ता अभ्यास खेलको लागि नेपाली टिमसंग भारत नजाने भएका छन् l नेपाली टिम २४ फेब्रुवरीमा भारतको नोयडा गएर अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ l नेपाली टिम फर्किएपछि पारस अभ्यासमा फर्कनेछन् l





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]