पिपिएल हेर्ने दर्शकलाई ओयोको आकर्षक अफर

  • विकेटनेपाल, असोज ३० 

कार्तिक ९ ( अक्टोबर २६ ) देखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग टि-२० हेर्न पोखरा पुग्ने दर्शकहरुलाई लिगको हस्पिटालिटी पार्टनर ओयो ( OYO ) ले आकर्षक अफर ल्याएको छ।

पोखरा रंगशालामा आयोजना हुने लिग कार्तिक २० गते ( अक्टोबर २६ – नोभेम्बर ६ ) खेलिनेछ।

प्रिमियर लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

पिपिएल कप्तानलाई भेट्ने अवसर र होटल बुक गर्दा बिशेष छुट 

पोखरा प्रिमियर लिगको हस्पिटालिटी पार्टनर ओयो ( OYO ) को मोबाइल याप मार्फत पोखराको होटल बुक गर्दा ५ जना भाग्यशाली विजेतालाई पिपिएल टि-२० का कप्तानहरुसंग बसेर कफी पिउने अवसर प्रदान गरिने ओयो ( OYO ) ले घोषणा गरेको छ। याप मार्फत होटल बुक गर्न कुपन कोड OYOPPL30 प्रयोग गर्नु पर्नेछ।

ओयोका कन्ट्री हेड निसिध हलानीका अनुसार ओयोले  प्रतियोगिता हेर्न पोखरा पुग्ने दर्शकलाई मध्यनजर गर्दै ओयोले होटल बुकिंगमा ५०% सहुलियतको व्यवस्था समेत गरेको छ। त्यसका लागि ओयोको अफिसियल मोवाइल एप्लिकेसन मार्फत OYOPPL30 कोड प्रयोग गरि बुकिंग गर्नु पर्नेछ।

नेपालकै सबैभन्दा ठूलो हुने घरेलु प्रतियोगिता पिपिएलले दक्षिण एसियाकै सबैभन्दा ठूलो हस्पिटालिटी कम्पनि “अन् युवर अन् रुम” (OYO) संग १ वर्षका लागि सम्झौता गरेको छ। ३२ लाख रुपैयाँ बराबरको सम्झौता अनुसार ओयोले प्रतियोगिताका सबै टिम र आयोजकलाई आवासीय सुबिधा उपलब्ध गराउने छ।

पिपिएल टि-२० को उद्घाटन खेलमा सन्दिप र शरदको टिम आमने-सामने

पोखरा प्रिमियर लिग टि-२० को खेल तालिका सार्वजनिक भएको छ।

आयोजक क्विन्स इभेन्ट्सले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार लिगको पहिलो दिन एकमात्र उद्घाटन खेलमा सन्दिप लामिछाने मार्की प्लेयर रहेको बिराटनगर टाईटन्स र शरद भेसावकर मार्की प्लेयर रहेको पोखरा पल्टन्स प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगिताको सम्पूर्ण खेलहरु पोखरा रंगशालामा आयोजना हुने छ जसको लागि मैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

प्रिमियर लिग कार्तिक ९ गते देखि सुरु भइ फाइनल खेल कार्तिक २० गते ( अक्टोबर २६ – नोभेम्बर ६ ) खेलिनेछ। कुल १२ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( कार्तिक १३ गते र कार्तिक १९ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्। लिगको प्रत्यक्ष प्रशारण हिमालय टिभी एचडीले गर्नेछ।

यो पटक लिगमा धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा गरिए जस्तो ३ वटा क्वालीफायर खेलहरु हुने छैनन्। पोखरा प्रिमियर लिगको लिग चरणमा उत्कृस्ट हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ भने एक मात्र इलिमिनेटर खेलमा लिगको दोश्रो र तेश्रो स्थानमा हुने टिमले प्रतिस्पर्धा गर्नेछन् र बिजयी टिमले लिग चरणको बिजेतासंग फाइनल खेल्नेछ।

पोखरा प्रिमियर लिगले अहिलेसम्म बिजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेको छैन। आयोजकले पुरस्कार नेपाली घरेलु क्रिकेटकै सर्वाधिक हुने घोषणा भने गरिसकेको छ। लिगमा उत्कृस्ट हुने खेलाडी र उत्कृस्ट बलर र ब्याट्सम्यान गरि ३ जनाले १५५ सिसीको सुजुकी जिक्सर मोटर बाइक पाउनेछन्।

प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन असोज १४ गते सम्पन भइसकेको छ जसबाट ६९ खेलाडीहरु चयन भएका छन्। अक्सनमा सागर पुन, करन केसी, अनिल साह, आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल र बिनोद भण्डारीले सर्वाधिक २ लाख ५० हजार मूल्य पाएका थिए। प्रत्येक टिमले २ जना बिदेशी खेलाडी अनिवार्य राख्नु पर्नेछ जसको औपचारिक घोषणा अझै टिमहरुले गरेको छैन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy