प्रदेश-२ बिरुद्ध बागमतीको रोमान्चक जित

रोमान्चक खेलमा प्रदेश-२ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा दोश्रो जित दर्ता गरेको छ। बागमतीले यस अघि लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो। जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको बागमतीले सेमीफाइनल सम्भावना बलियो बनाएको छ। एपीएफ ४ वटै जितको साथ समुह ‘बि’ बाट विजेताको रुपमा सेमीफाइनल पुगीसकेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा प्रदेश-२ ले दिएको १५६ रनको लक्ष्य पछ्याएको बागमतीले १९.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा सुबास खकुरेलले सुरुवातमा ९ बलमा ४ चौका मद्दतले २० रन बनाए। खकुरेल तेश्रो ओभरमा प्रतिक यादवबाट क्याच आउट भए त्यसपछि आदील खान ५ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि इशान पाण्डे र ज्ञानेन्द्र मल्लले ३२ रन जोडे। १३ बलमा ४ चौका मद्दतले २० रन बनाएका मल्ल एघारौं ओभरमा जितेन्द्र यादवबाट क्याच आउट भए। चौंथो विकेटको लागि इशानले लकी कठाएतसंग ५१ रन जोडे। ३१ बलमा २ चौका र १ छक्का मद्दतले ३२ रन बनाएका इशानलाई सत्रौं ओभरमा जितेन्द्र यादवले क्याच आउट पारे। त्यसपछि लगत्तै ओभरमा
२६ बलमा ४ चौका मद्दतए २८ रन बनाएका लकीलाई बिबेक यादवले क्याच आउट पारे।

अन्तिम १७ बलमा बागमतीलाई जित्न ३३ रन आवस्यक हुँदा अठारौं ओभरमा बिबेक यादवको ओभरमा प्रतिश जिसीले दुई छक्का प्रहार गरे। उक्त ओभरमा यादवले १६ रन खर्चिए। त्यसपछि उन्नाईसौं ओभरमा नन्दन यादवले एउटा छक्का प्रहार गरे जुन ओभरमा ८ रन बन्यो। अन्तिम ओभरमा जित्न ९ रन आवस्यक हुँदा पहिलो बलमै बिबेक यादवलाई छक्का प्रहार गरे। त्यसपछिको तिन बलमा एक/एक रन लिंदै बागमती जितसम्म पुग्यो। प्लेयर अफ द म्याच चुनिएका प्रतिशले ७ बलमा ३ छक्का मद्दतले अविजित २२ तथा नन्दनले १० बलमा १ चौका र १ छक्का मद्दतले अविजित १५ रन बनाए।

प्रदेश-१ का बलर जितेन्द्र यादवले दुई तथा प्रतिक यादव, हरि शंकर शाह र बिबेक यादवले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-२ ले २० ओभरमा ६ विकेट क्षेतीमा १५५ रन बनाएको थियो।

प्रदेश-२ को लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ५६ रन बनाए जुन क्रममा अविजित रहँदै ५४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। बिबेक यादवले २८, हसिम अन्सारीले अविजित २६, आदील आलमले १२ तथा सन्तोष कार्कीले १० रन बनाए। हरिशंकरले सन्तोषसंग ४० रनको ओपनिंग साझेदारी, बिबेकसंग चौंथो विकेटको लागि ४३ रनको तथा सातौं विकेटको लागि हसिमसंग ४० रनको साझेदारी गरे।

बागमतीको बलिंगमा रिजन ढकाल ( ४-०-३१-२ ) र बिपिन आचार्यले ( ३-०-१८-२ ) समान दुई विकेट तथा प्रतिश जिसी र सुबाश खत्रीले समान एक विकेट लिए।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]