प्रदेश-२ लाई सहजै हराउदै लुम्बिनी प्रदेश फाइनलमा

प्रदेश-२ लाई ९ विकेटले सहजै पराजित गर्दै लुम्बिनी प्रदेश यु-१९ राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्ने पहिलो टिम बनेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश-२ ले दिएको १६९ रनको लक्ष्य लुम्बिनी प्रदेश-२ ले १ विकेट क्षेतीमा २६.५ ओभरमा भेटायो।

लुम्बिनीको जितमा देव खनालले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै आकाश त्रिपाठीले ५७ रन बनाए जुन क्रममा ६२ बलमा ९ चौका प्रहार गरे। आकाश त्रिपाठी र देव खनालले १४१ रनको ओपनिंग साझेदारी गर्दै लुम्बिनीको जितको आधार तयार गरे जुन प्रतियोगिताकै सर्वाधिक ओपनिङ्ग साझेदारी समेत हो।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-२ ले ३९.५ ओभरमा १६८ रन बनाएको थियो। प्रदेश-२ को ब्याटिंगमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै गुल्सन झाले २३ बलमा ३ चौका र २ छक्का मद्दतले ३२ तथा आदील अन्सारीले २४ बलमा ३ चौका र १ छक्का मद्दतले अविजित २२ रन बनाए।

एक समय १४१ रनमा मात्र ३ विकेट गुमाएको प्रदेश-२ ले २८ औं ओभरमा सन्तोष कार्कीको विकेट गुमाएपछि लगातार विकेट गुमायो। फलस्वरुप १४१ बाट थप २७ रन जोड्दा उसले सम्पूर्ण विकेट गुमायो।

लुम्बिनी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर बसिर एहमदले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ७.५ ओभरमा ३ मेडन ओभर गर्दै २४ रन खर्चिए। बिशाल बिक्रम केसीले ३ ( १०-२-४०-३ ) र राहुल चौधरीले २ विकेट ( १०-२-४३-२ ) लिए।

लिग चरणको सबै ६ खेल खेल्दा लुम्बिनीले ५ जित र १ हार पछि १० अंक बटुल्दै शिर्ष स्थानमा छ। हार पछि प्रदेश-२ को भने फाइनल पुग्ने सम्भावना गणितीय मात्र बाँकी छ। बाँकी खेलमा सुदूरपश्चिम र प्रदेश-१ पराजित हुँदै अन्तिम खेलमा प्रदेश-२ ले विशाल जित दर्ता गरेको खण्डमा मात्र प्रदेश-२ को सम्भावना छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]