प्रधानमन्त्री कपको सेमीफाइनल समीकरण पुरा, एपीएफलाई पारस कप्तानीको प्रदेश-३ ले पछि पार्यो

पारस खड्का र ज्ञानेन्द्र मल्लको आगमनले बलियो बनेको प्रदेश-३ विभागीय टोलि एपीएफलाई पछि पार्दै समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। एपीएफ समुह उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो। समान ६/६ अंक रहे पनि नेट-रन रेटमा एपीएफलाई प्रदेश-३ ले उछिन्यो।

यसको साथै प्रतियोगिताको सेमीफाइनल समीकरण समेत पुरा भएको छ। समुह ‘बि’ बाट यस अघिनै नेपाल पुलिस क्लब समुह विजेता र त्रिभुवन आर्मी क्लब उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

प्रतियोगिताको सेमीफाइनल खेल बुधबार देखि सुरु हुनेछ। पहिलो सेमीफाइनलमा बुधबार ( जेठ २२ ) समुह ‘ए’ विजेता प्रदेश-३ र समुह ‘बि’ उपविजेता त्रिभुवन आर्मी क्लबले तथा बिहिबार ( जेठ २३ ) हुने दोश्रो सेमीफाइनलमा समुह बि विजेता नेपाल पुलिस क्लबले समुह बि उप-विजेता शशस्त्र प्रहरी बलको सामना गर्नेछ।

नेपाल पुलिस क्लब समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो

प्रतियोगिताको अघिल्लो संस्करणमा पनि ३ वटै विभागीय टोलि सेमीफाइनल पुगेका थिए भने प्रदेश-५ चौथो टिम रहेको थियो। तेश्रो संस्करणसम्म पनि विभागीय टोलि बाहेक टिम फाइनल भने पुग्न सकेको छैन। पहिलो संस्करणको उपाधि पुलिस र आर्मीले संयुक्तरुपमा जितेको थियो भने दोश्रो संस्करणमा एपीएफले आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो।

सुर्य तामांग र इशान पाण्डे चम्किदा प्रदेश-३ को सहज जित 

मुलपानी मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको सुदुरपश्चिमले दिएको १५५ रनको लक्ष्य प्रदेश-३ ले ४ विकेट गुमाएर ३३.२ ओभरमा भेटायो।

ओपनर रित गौतम ११ र रबिन जोशी १३ रन बनाएर आउट भए पछि तेश्रो विकेटको लागि इशान पाण्डे र कप्तान पारस खड्काले तेश्रो विकेटको लागि ४९ रनको साझेदारी गरेका थिए।

पारस २६ रन ( १९ बलमा ४ चौका ) बनाएर आउट भए पछि इशानले आदील खानसंग चौथो विकेटको साझेदारीको रुपमा ५० रनको साझेदारी गरे। इशान ५३ रन ( ८४ बलमा ६ चौका ) बनाएर आउट हुँदा प्रदेश-३ जित नजिक पुगीसकेको थियो। आदील ३३ रन तथा जितेन्द्र सिंह ठकुरी १२ रन बनाएर अविजित रहँदै टिमलाई जितसम्म पुर्याए।

सुदुरपश्चिमको बलिंगमा महेश अधिकारी, बिनोद लामा, शेर मल्ल र विकास आग्रीले १/१ विकेट लिए।

यस अघि सुदुरपश्चिमको ब्याटिंगमा ओपनर खडक बोहराले सर्वाधिक ४०, रोशन अधिकारीले २७ तथा नरेश बोहराले २६ रन बनाएका थिए। प्रदेश-३ का देब्रे हाते स्पिनर सुर्य तामांगले ३ विकेट लिंदा १० ओभरमा २ मेडन ओभर गर्दै २६ रन मात्र खर्चिए। प्रतिश जिसी २ ( १०-०३७-२ ) र जितेन्द्र ठकुरीले ( ६-१-१७-२ ) २/२ तथा नन्दन यादब र पारस खड्काले १/१ विकेट लिए।
स्कोरकार्ड  अंकतालिका 

Player of the Match Surya Tamang

प्रतियोगिता अन्तर्गत प्रदेश-३ ले पहिलो खेलमा एपीएफसंग ४१ रनको हार बेहोरेको थियो जसपछि लगातार ३ जित हात पार्ने क्रममा प्रदेश-५ लाई ६ विकेटले, गण्डकीलाई ७ विकेटले र सुदुरपश्चिमलाई ६ विकेटले पराजित गर्यो।

 

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]