वर्षा प्रभावित खेलमा प्रदेश-५ संग डिफेन्डिङ च्याम्पियन एपीएफ स्तब्ध

( फिचर फोटो – प्लेयर अफ द म्याच – कृष्ण कार्की , फोटो – मेहबुब रेजा रइन )

विभागीय टोलि एपीएफलाई स्तब्ध पार्दै प्रदेश नम्बर-५ ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आफ्नो पहिलो जित दर्ता गरेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित खेलमा डी/एल मेथडमा प्रदेश-५ ले ३ विकेटको जित निकालेको हो।

हारपछि एपीएफ समुहको ४ वटै खेल खेल्दा ३ जित र १ हार सहित ६ अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ। प्रदेश-५ भने समुहको एक खेल खेल्न बाँकी हुँदा समुहको तेश्रो स्थानमा ३ अंक सहित रहँदै सेमीफाइनल सम्भावना जीवित राखेको छ। दोश्रो स्थानमा रहेको प्रदेश-३ को ३ खेलमा २ जित र १ हार सहित ४ अंक रहेको छ। प्रदेश-५ सेमीफाइनल पुग्न आगामी खेलमा गण्डकी प्रदेशसंग जित तथा प्रदेश-३ ले सुदुरपश्चिमसंग हारको कामना गर्नुपर्नेछ। भोलिनै हुने २ खेलले त्यसको निर्क्योल गर्नेछ।

वर्षाले प्रभावित दोश्रो इनिंगमा, प्रनितको अविजित इनिंग

खेलमा एपीएफले पहिले ब्याटिंग गर्दै ५० ओभर मध्ये ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८४ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

१८५ रन लक्ष्य पछ्याउने क्रममा प्रदेश -५ को योगफल ६.३ ओभरमा २४/० थियो। त्यही  समयमा ठुलो पानि पर्दा खेल करिब २ घण्टा रोकिन पुग्यो। पुनः खेल सुचारु हुँदा प्रदेश-५ ले नयाँ लक्ष्य पायो जुन ३२ ओभरमा १४२ रनको थियो।

pranit thapa
Pranit Thapa ( File Photo ) 

त्यसपछि ब्याटिंग थालेको प्रदेश-५ ले २९.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य हाँसिल गर्दै डिफेन्डिङ च्याम्पियन एपीएफको प्रतियोगिताको अपराजित यात्रामा पूर्णविराम लगायो।

लक्ष्य पछ्याउने क्रममा प्रदेश-५ ८२/४ ( १८ ओभर ) को अवस्थामा थियो। सन्दिप सुनार १५, शुबेन्दु पाण्डे २०, निश्चल चौदहरी १७ तथा सुरज दराई ६ रन बनाएर आउट भए।

सो अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गरेका प्रनित थापाले पाँचौ विकेटको लागि सौरभ खनालसंग १६ रन, छैठौ विकेटको लागि कप्तान कृष्ण कार्कीसंग २५ रनको साझेदारी गरे। सौरभ २९ तथा कृष्ण ९ रन बनाएर आउट भए। जितेन्द्र सहानी ( ३ रन ) पनि आउट हुँदा २७.२ ओभरमा १२७/७ हुँदा जित जुन टिमको पक्षमा पनि जान सक्थ्यो।

तर प्रनित थापाले एक किनार सम्हालीरहे र आठौँ विकेटको लागि बिक्रम भुसालसंग १६ रनको साझेदारी गर्दै १३ बल बाँकी छदै टिमलाई जितसम्म पुर्याए।

यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका प्रनितले अविजित ३० रन बनाउन ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे। बिक्रमले १ चौका मदतले १० बलमा ६ रन बनाए।

शरद भेसावकरले गरेको ३० औं ओभरको पाँचौ बलमा प्रनितले छक्का प्रहार गर्दै जित दिलाएका थिए।

एपीएफ बलर अमर सिंह रौटेलाले २ ( ७-०-२६-२ ) , अविनाश बोहरा ( ७-१-१९-१ ), भुवन कार्की ( ६-०-३७-१ ) र पृथु बास्कोटा ( २-०-१३-१ ) ले १/१ विकेट लिए।

एपीएफको कमजोर ब्याटिंग

टस जितेर ब्याटिंग गरेको शशस्त्र प्रहरीको लागि प्रदिप ऐरीले सर्वाधिक अविजित ७७ रन बनाए। तेश्रो नम्बरमा ब्याटिंग गरेका ऐरीले १३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दिप जोराले २२, शरद भेसावकरले १४, भुवन कार्कीले १३ तथा आसिफ शेखले ११ रन बनाए।

प्रदेश-५ को लागि प्लेयर अफ द म्याच समेत चुनिएका कृष्ण कार्कीले सर्वाधिक ३ ( ८.४-१-३२-३ ) , सन्दिप सुनारले ( १०-१२६-२ ) विकेट लिए भने बिक्रम भुसाल ( ९-२-२८-१ ) , सिद्धान्त शाही ( ७-०-२९-१ ) र अनिल खरेल ( ९-०-४६-१ ) ले १/१ विकेट लिए। स्कोरकार्ड

Krishna Karki ( Photo by – Mehboob Reza Raeen )

प्रतियोगिता अन्तर्गत भोलि हुने २ खेल अन्तर्गत टियु मैदानमा प्रदेश-५ र गण्डकी तथा मुलपानी मैदानमा सुदुरपश्चिम र प्रदेश-३ ले प्रतिस्पर्धा गर्नेछन्। समुह ‘ए’ अन्तर्गतको खेलहरु आजै सकिएका छन् जस

बाट नेपाल पुलिस क्लब समुह विजेता र त्रिभुवन आर्मी क्लब उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेका छन्।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]