दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको उपाधिको लागि विभागीय टोलि डिफेन्डिङ च्याम्पियन एपीएफ र प्रदेश-१ ले प्रतिस्पर्धा गरिरहेका छन्।
लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाउदै एपीएफलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड
प्रदेश-१ को ब्याटिंगमा ओपनर अप्सरी बेगमले सर्व्धिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन योगदान दिए।
नियमित ओभर काजल श्रेष्ठको स्थानमा ओपनिंग ब्याटिंगम आएकी अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले ५८ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। १३ औं ओभरमा रुबिना र अप्सरी दुवैलाई एपीएफ कप्तान सिता राना मगरले पेभेलियन फर्काइन्। त्यसपछि सिताले रोम थापाको पनि विकेट लिंदै प्रदेश-१ लाई इनिंगको अन्तिममा दबाब बनाइन्। त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गरेकी काजल श्रेष्ठले एक किनार सम्हाल्दै अन्तिमसम ब्याटिंग गरिन्।
एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्। करुणा भण्डारीले १ विकेट ( ४-०-१८-१ ) हात पारिन्।
प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ को तथा प्रदेश-१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। एपीएफले सेमीफाइनलमा सुदूरपश्चिमलाई तथा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा गरेको हो। प्रतियोगिताको गत संस्करणको सेमीफाइनलमा एपीएफले प्रदेश-१ लाई पराजित गरेको थियो। २०७२ को पहिलो संस्करणमा एपीएफ जनकपुरसंग पराजित भएपछिको बिगतको ३ संस्करण एपीएफले जितेको छ।
प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिंग र बलिंग गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।