पीएम कप : सुशन चम्किंदा आर्मीको जित र देव प्रेरित लुम्बिनीको जितले प्रदेश-१ बाहिरियो

विभागीय टोली त्रिभुवन आर्मीले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो । आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो ।

गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३९ रन बनाए । कप्तान विपिन खत्री १९ र अर्जुन कुमालले १४ रन बनाए ।

यता आर्मीको सहज जितमा सुसन भारीले सर्वाधिक ५ विकेट लिए । जारी प्रतियोगिताकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा देब्रे हाते स्पिनरले नौं ओभरमा १४ रन खर्चेर २ मेडनसहित ५ विकेट लिएका हुन् । यस्तै कुशल मल्ल र साहब आलमले समान २र२ विकेट लिए भने विक्रम सोबको नाममा एक विकेट रह्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । उनले ७९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५४ रनमा आउट भए । यस्तै विक्रम सोब ३९, अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रन बनाए ।

गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । यस्तै कमल परियार २, सुवास भण्डारी, चन्द्र पौडेल र अमूत गुरुङले ११ विकेट लिए ।

उक्त जितसँगै आर्मीले ३ खेलबाट ४ अङ्क बनाउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ ।

पराजित गण्डकीको ४ खेलबाट ५ अङ्कसहित दोस्रो स्थानमा यथावत रहेको छ । यस समूहबाट एपीएफ क्लब तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ । स्कोरकार्ड, अंकतालिका 


यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार लुम्बिनीले प्रदेश-१ लाई ३९ रनले पराजित गरेको छ ।

लुम्बिनीले दिएको २ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश-१ ले ४६ ओभरमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

प्रदेश-१ का कप्तान सिद्धान्त लोहनीले ७४ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अङ्कित सुवेदीले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा निरज मुखियाले ४६ रन बनाए । सोनु मण्डलले अविजित २० र सर्वन यादवले १५ रन बनाए ।

लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमेद र देव खनालले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ८९ रनको अर्धशतकीय इनिङ खेले । आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रजालीले ४४ रन बनाए ।

विशाल विक्रम केसीले ३२ र कृष्ण कार्कीले ३१ रन बनाए । बसिर अहमदले १३ रन जोडे ।प्रदेश-१ का दीपक जोशीले ४ तथा सर्वन यादवले २ विकेट लिए ।

जितसँगै लुम्बिनी ४ खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

प्रदेश-१ तिन खेलमा हार र एक जित सहित प्रतियोगिताबाट बाहिरिएको छ ।

स्कोरकार्ड, अंकतालिका 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]