अलिशाले घातक बलिंग गर्दा कर्णाली प्रदेश ६ रनमै सिमित, प्रदेश-१ को विशाल जित

कर्णाली प्रदेशलाई १६० रनको विशाल अन्तरले पराजित गर्दै प्रदेश नम्बर-१ ले प्रधानमन्त्री कप महिला टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

धनगढी स्थित फाप्ला मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १६७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले ६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। कर्णालीको लागि कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन योगदान दिईन्।

प्रदेश-१ को बलिंगमा अलिशा खडियाले सर्वाधिक ५ विकेट हात परिन् जुन क्रममा ४ ओभरमा ३ मेडन ओभर गर्दै मात्र १ रन खर्चिन्। संगीता राईले २ तथा सबनाम राईले एक विकेट हात पारिन्।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले २० ओभरमा २ विकेट क्षेतीमा १६६ रन बनाएको थियो।

प्रदेश-१ को ब्याटिंगमा कप्तान रुबिना क्षेत्रीले सर्वादिक ७६ रन बनाईन् जुन क्रममा ६४ बलमा १० चौका प्रहार गरिन्। यस्तै अप्सरी बेगमले अविजित ६१ रन बनाईन् जुन क्रममा ६२ बलमा ५ चौका प्रहार गरिन्। पहिलो बलमै काजल श्रेष्ठ आउट भएपछि दोश्रो विकेटको लागि रुबिना र अप्सरीले १६५ रनको साझेदारी गरेका थिए। रिना अन्तिम ओभरमा आउट भईन्।

कर्णाली प्रदेशको लागि दुवै विकेट दिव्या धामीले लिईन् जसले ४ ओभरअ २५ रन खर्चिन्।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]