प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा फाईनलमा प्रवेष, महाेतरी काे पहिलाे जित

राजबिराज २३, मंसिर

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा सिरहा र महाेतरी बिजय भएका छन । पहिलाे खेलमा सिरहा ले सर्लाही लाई ८ बिकेट ले पराजित गरेकाे छ भने दाेस्राे खेलमा महाेतरी ले सप्तरी लाई पनि ८ बिकेट ले पराजित गर्दै बिजय भएकाे हाे

बिहिवार पहिलाे खेलमा टस जितेर सर्लाही ले २० अाेभरमा ८ बिकेट गुमाएर ८५ रन काे याेगफल खडा गरे। जसमा सर्लाही का अारती सिँह ले अविजित ४३ रन बनाउनु बाहेक कुनै पनि खेलाडी दाेहाेराे अंक पार गर्न सकेन। बलिँग तर्फ सिरहा का अनुराधा चाैधरी ३, अारती चाैधरी २ र सरस्वति चाैधरी १ बिकेट हात पारेका थिए।

प्रतिउतरमा सिरहा ले ९ अाेभरमा २ बिकेट गुमाएर बिजय हात पारेका थिए। जसमा टिमका लागि सरस्वती चाैधरी ३१ रन, तथा अारती चाैधरी ले अविजित रहदै १८ रन जाेडेपछि सिरहा टिमकाे जित सहज भएकाे हाे। बलिंग तर्फ सर्लाही का यमुना श्रेष्ठ र तुलसी बिश्वकर्मा ले १/१ बिकेट हात पारेका थिए।

खेलकाे म्यान अफ दि पलेयर सिरहा का सरस्वति चाैधरी घाेषित भएका थिए ।

यसैगरी दाेस्राे खेलमा टस जितेर सप्तरी ले २० अाेभरमा ९ बिकेट गुमाएर ६६ रन काे याेगफल खडा गरेका थिए। जसमा सप्तरी का अंजु चाैधरी ले ६ रन नटअाउट रहे पनि अरू कुनै पनि खेलाडी ले दाेहाेर अंक पार गर्न सक्ने भने टिम ले ४३ रन अतिरिक्त काे रूपमा जाेडेका थिए। बलिंग तर्फ महाेतरी का गाेमा अाले र राेजी खत्री २/२ बिकेट तथा पुष्पा फुयाल, हेमा पटेल, गुडी गिरी ले १/१ बिकेट लिएका थिए।

प्रतिउतरमा महाेतरी ले ८ अाेभर ३ बल खेल्दै २ बिकेट गुमाएर बिजय हासिल गरे । जसमा टिमका लागि बिमला मगर अविजित रहदै २८ रन जाेडेका थिए। बलिँंग तर्फ सप्तरीका नबिता चाैधरी र मनिका चाैधरी ले १/१ बिकेट हात पारेका थिए।

साे खेलमा म्यान अफ दि पलेयर महाेतरीका गाेमा अाले लाई प्रदेश २ क्रिकेट सँघ छनाेट समितिका संयाेजक मुरतुजा हवारी ले कप प्रदान गरेका थिए।

भाेलीकाे लिग चरणकाे अन्तिम खेल अन्तर्गत पहिलाे खेल सर्लाही र महाेतरी तथा बारा र सप्तरी बिच हुने सप्तरी क्रिकेट सँघ का सचिव चन्दन कुमार यादब ले जानकारी दिए।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]