प्रदेश-२ यु१९ छनौट प्रतियोगिता : आठौ दिन सिरहाद्धारा रौतहट पराजित

४ मंसिर, रौतहट

रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको शनिवार सम्पन्न आठौ दिनको खेलमा सिरहाले रौतहटलाई ३ विकेटले पराजित गरेको छ ।’

गौरको मिल्स मैदानमा भएको खेलमा रौतहटले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ४२ ओभरको खेलमा २९ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ४ रनमा समेटिएको थियो । रौतहटका लागि करन साहले २२ तथा नरेश साहले १७ रनको योगदान दिएका थिए भने रेहाज जाकिरले १४ रनको योगदान दिएका थिए । बलिंग तर्फ सिरहाका मनोज यादव र ओमकार यादवले सामान १ विकेट लिएका थिए भने कुश मण्डल, प्रदिप पासवान, अफरुदिन राईन र शुभमान गहतराजले सामान १ विकेट लिएका थिए ।

१ सय ५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य ३० ओभर २ बलमा ७ विकेटको नोक्सानीमा भेटाएका थिए । सिरहाका लागि कुश मण्डलले २१, प्रदिप पासवानले ५० बलमा १ चौक्काको मद्धतले नटआउट रहि १९ तथा शैलेन्द्र साहले १० रनको योगदान दिएका थिए । बलिंग तर्फ रौतहटका राजेश यादवले ३ तथा शन्नि साह र नितेश यादवले सामान १ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच सिरहाका प्रदिप पासवान भएका थिए ।

प्रतियोगिता अन्तर्गत आईतवारको अन्तिम लिग खेल रौतहट र सर्लाहि बिच हुनेछ ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]