प्रदेश-२ यु १९ छनोट : बारा बिरुद्ध पर्साको विशाल जित

२०७८ कार्तिक २७, शनिबार १९:४३

अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-२ को छनोट प्रतियोगिता रौतहटमा सुरु भएको छ। प्रतियोगितामा पर्सा, बारा, धनुषा, सप्तरी, रौताहर, सर्लाही, महोत्तरी र सिराहा गरि ८ जिल्लाका टोलि सहभागी छन्। सहभागी टोलिहरुलाई दुई समुहमा बिभाजन गरिएको छ।

प्रतियोगिता अन्तर्गत समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा पर्साले बारालाई १०१ रनले पराजित गरेको छ। पर्साले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा बाराले १६.२ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो।

बारालाई सस्तोमा समेट्न प्लेयर अफ द म्याच चुनिएका पर्साका बलर सोनु शर्मा एक्लैले ५ विकेट लिए। ब्यास यादवले ३ विकेट तथा अल्फाज मन्सुरी र संसाद मन्सुरीले समान १ विकेट लिए।

टस जितेर पहिले ब्याटिंग गरेको पर्साले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो। उसको लागि असहब हुसेनले सर्वाधिक ३७ , सन्तोष कार्कीले २८, सरफराज मन्सुरीले २२ तथा समिर अख्तरले १७ रन योगदान दिए। बाराका बलर तृत राज दास र विकास पटेलले समान ३ विकेट तथा रोहन शाहले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा आइतबार बारा र सप्तरी बीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy