प्रदेश-२ यु १९ छनोट : बारा बिरुद्ध पर्साको विशाल जित

अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-२ को छनोट प्रतियोगिता रौतहटमा सुरु भएको छ। प्रतियोगितामा पर्सा, बारा, धनुषा, सप्तरी, रौताहर, सर्लाही, महोत्तरी र सिराहा गरि ८ जिल्लाका टोलि सहभागी छन्। सहभागी टोलिहरुलाई दुई समुहमा बिभाजन गरिएको छ।

प्रतियोगिता अन्तर्गत समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा पर्साले बारालाई १०१ रनले पराजित गरेको छ। पर्साले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा बाराले १६.२ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो।

बारालाई सस्तोमा समेट्न प्लेयर अफ द म्याच चुनिएका पर्साका बलर सोनु शर्मा एक्लैले ५ विकेट लिए। ब्यास यादवले ३ विकेट तथा अल्फाज मन्सुरी र संसाद मन्सुरीले समान १ विकेट लिए।

टस जितेर पहिले ब्याटिंग गरेको पर्साले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो। उसको लागि असहब हुसेनले सर्वाधिक ३७ , सन्तोष कार्कीले २८, सरफराज मन्सुरीले २२ तथा समिर अख्तरले १७ रन योगदान दिए। बाराका बलर तृत राज दास र विकास पटेलले समान ३ विकेट तथा रोहन शाहले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा आइतबार बारा र सप्तरी बीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]