प्रधानमन्त्री कप : हसिमको कप्तानीमा प्रदेश-२ टिमको घोषणा

पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-२ ले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

घोषित टिमको कप्तानी हसिम अन्सारीले गर्नेछन् भने उपकप्तानमा बिबेक यादव छन्। यस्तै टिममा मेहबुब आलम, हरिशंकर शाह, सन्तोष कार्की, राहुल प्रताप सिंह, आदील आलम, कुमार थापा, सुरज पटेल जस्ता अनुभवी खेलाडीहरु छन्। टिमको प्रशिक्षकमा प्रकाश शर्मा तथा व्यवस्थापक चन्दन यादव छन्।

टिममा रहेका बिबेक यादव र हरिशंकर शाह हाल राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समेत छन्। सन्तोष कार्की र आदील अन्सारी भर्खरै युएईमा आयोजित यु-१९ एसिया कपमा नेपाली टिममा थिए।

गत वर्ष प्रधानमन्त्री कपमा टिममा स्थान बनाउन असफल हसिम अन्सारीले टिममा पुनरागमनसंगै कप्तानी समेत पाएका छन्। गत वर्ष सुरज पटेल कप्तान थिए।

प्रदेश-२ टिम : हसिम अन्सारी ( कप्तान ) , बिबेक यादव ( उपकप्तान ) , हरि कृष्ण झा, सुरज पटेल ( विकेटकिपर ) , राहुल प्रताप सिंह, पार्थिक यादव, हरिशंकर शाह, मेहबुब आलम, जितेन्द्र यादव, सन्तोष कार्की, रुपेश सिंह, कुमार थापा, आदील आलम, बिशाल सुश्लिंग , बैकल्पिक खेलाडीहरु – अजय यादव, शैलेन्द्र शाह, नसरुद्दीन अन्सारी, दिभ्याँशु मलिक

गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश-२ को प्रदर्शन कमजोर रहेको थियो जसले ४ वटा खेलमा हार बेहोरेको थियो।

यो पटक प्रदेश-२ समुह ‘बि’ मा छ जुन समुहमा नेपाल एपीएफ क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy