प्रधानमन्त्री कप : हसिमको कप्तानीमा प्रदेश-२ टिमको घोषणा

पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-२ ले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

घोषित टिमको कप्तानी हसिम अन्सारीले गर्नेछन् भने उपकप्तानमा बिबेक यादव छन्। यस्तै टिममा मेहबुब आलम, हरिशंकर शाह, सन्तोष कार्की, राहुल प्रताप सिंह, आदील आलम, कुमार थापा, सुरज पटेल जस्ता अनुभवी खेलाडीहरु छन्। टिमको प्रशिक्षकमा प्रकाश शर्मा तथा व्यवस्थापक चन्दन यादव छन्।

टिममा रहेका बिबेक यादव र हरिशंकर शाह हाल राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समेत छन्। सन्तोष कार्की र आदील अन्सारी भर्खरै युएईमा आयोजित यु-१९ एसिया कपमा नेपाली टिममा थिए।

गत वर्ष प्रधानमन्त्री कपमा टिममा स्थान बनाउन असफल हसिम अन्सारीले टिममा पुनरागमनसंगै कप्तानी समेत पाएका छन्। गत वर्ष सुरज पटेल कप्तान थिए।

प्रदेश-२ टिम : हसिम अन्सारी ( कप्तान ) , बिबेक यादव ( उपकप्तान ) , हरि कृष्ण झा, सुरज पटेल ( विकेटकिपर ) , राहुल प्रताप सिंह, पार्थिक यादव, हरिशंकर शाह, मेहबुब आलम, जितेन्द्र यादव, सन्तोष कार्की, रुपेश सिंह, कुमार थापा, आदील आलम, बिशाल सुश्लिंग , बैकल्पिक खेलाडीहरु – अजय यादव, शैलेन्द्र शाह, नसरुद्दीन अन्सारी, दिभ्याँशु मलिक

गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश-२ को प्रदर्शन कमजोर रहेको थियो जसले ४ वटा खेलमा हार बेहोरेको थियो।

यो पटक प्रदेश-२ समुह ‘बि’ मा छ जुन समुहमा नेपाल एपीएफ क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]