प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा विजयी भएका छन्।

पहिलाे खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रविणकाे उत्कृष्ट प्रदर्शनले बारा १० विकेटले जित हाँसिल गरेकाे छ। त्यस्तै सिराहाले महाेतरीलाई ५७ रनले पराजित गरेको छ।

मंगलवार राजबिराज स्थित राजरंगशाला खेल मैदानमा पहिलाे खेलमा टस जितेर सिरहा ले निर्धारित २० अाेभरमा ९ बिकेट गुमाएर १ सय १३ रन काे याेगफल खडा गरेका थिए। जसमा सिरहा का संताेषी चाैधरी ले ३५ रन अारती चाैधरी ले २९ रन जाेडेका थिए। बलिँग तर्फ महाेतरी राेजी खत्री र गाेमा अाले ३/३ बिकेट हात पारेका थिए भने हेमा पटेल तथा शाेभा अाले १/१ बिकेट लिएका छिन।

प्रतिउतरमा महाेतरी ले १६ अाेभरमा सब‌ै बिकेट गुमाई ५६ रन मै सिमित रहे। जसमा टिमका लागि शाेभा अाले २१ रन बाहेक कुनै खेलाडी दाेहाेर अंक पार गर्न सकेन। यता बलिंग तर्फ सिरहाका अनुराधा चाैधरी र चान्दनी साह २/२ विकेट तथा संताेषी चाैधरी, सरसस्वति चाैधरी, अारती चाैधरी ले १/१ बिकेट लिएका छिन। खेल काे प्लेयर अफ दि म्याच संताेषी चाैधरी घाेषित भएकी छिन ।

यस्तै अाजै सम्पन्न दाेस्राे खेलमा टस जितेर सर्लाही ले २० अाेभरमा ७ बिकेट गुमाई ८० रनकाे याेगफल खडा गरे । जसमा अारती सिँह ३६ रन बाहेक कुनै पनि खेलाडी ले दाेहाेर अंक पार गर्न सकेन। बलिँगतर्फ बाराका साना प्रविण ले ४ अाेभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ बिकेट तथा प्रिंयका गुप्ता, प्रतिमा साह, बन्दना गुप्ताले १/१ बिकेट हात पारिन।

प्रतिउतरमा बाराले ८ अाेभर मा १ बल खेल्दै कुनै पनि खेलाडी नगुमाई बिजय हात पारेका छन। टिमलाई जिताउन साना प्रविण ले ३१ बलमा ६ चाैका प्रहार गर्दै ४२ रन अविजित खेलेका छन भने अर्का खेलाडी अलिसा यादब ले २४ रन नटअाउट पारी खेले पछि बारा १० विकेटले जित हात पारेकाे हाे।

यसैगरी भाेली सर्लाही र सप्तरी तथा सिरहा र बारा बिच खेल हुने सप्तरी क्रिकेट सँघ का सचिव चन्दन कुमार यादब ले जानकारी दिएका छन्।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]