प्रदेश-२ यु१९ छनौट प्रतियोगिता : छैठौं दिन सिरहा र बारा बिजयी

२ मंसिर, रौतहट

रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको छैठो दिन सिरहाले सर्लाहिलाई ६ बिकेटले तथा बाराले धनुषालाई ६६ रनले पराजित गरेको छ ।

गौरको मिल्स मैदानमा भएको खेलमा सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित ४५ ओभरको खेलमा ३९ ओभर १ बलमा सम्पुर्ण विकेट गुमाई १ सय २६ रनको योगफल तयार पारेको थियो। सर्लाहिका लागि गुल्सन झा ३३, बिवेक यादव २५ र आशुतोष यादवले २४ रनको योगदान दिएका थिए । बलिंग तर्फ सिरहाका प्रदिप पासवानले ३ तथा अफरुदिन राइनले २ विकेट लिएका थिए भने कुश मण्डल, आशुतोष डोटेल र सुमन घतराजले सामान १ विकेट लिएका थिए ।

१ सय २७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सजिलै २५ ओभरमा ६ बिकेटको नोक्सानीमा भेटाएका थिए । सिरहाका लागि कृष्णा गुप्ता ४२ र अशोक यादवले ३२ रनको योगदान दिएका थिए । बलिंग तर्फ सर्लाहिका आशुतोष यादवले ३ तथा बिशाल पटेल, दयानन्द मण्डल र सार्थक न्यौपानेले सामान १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सिरहाका कृष्णा गुप्ता भए ।

बिहिवारनै पिप्रा मैदानमा भएको एक अर्को खेलमा बाराले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ३५ ओभरको खेलमा ३२ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई २ सय १९ रनको बिशाल योगफल तयार पारेको थियो।

बाराका लागि आदिल अंसारीले बिष्फोटक ब्याटिंग गर्दै २३ बलमा ५ चौक्का र ४ छक्काको मद्धतले ५२ रनको योगदान दिएका थिए भने तिर्थ राज दास ४८, निखिल सिंह ३८, अरनिको यादव १६, साहिल पाटेल र शशि पण्डितले सामान १२ रनको योगदान दिएका थिए । बलिंग तर्फ धनुषाका रोहन यादव ३ तथा मयन यादवले २ विकेट लिएका थिए भने रुपेश यादव, अभिजित मण्डल र बिक्रान्त यादवले सामान १ विकेट लिएका थिए ।

२ सय २० रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको धनुषा ३४ ओभरमा सम्पुर्ण बिकेट गुमाई १ सय ५३ रनमै समेटिए पछि ६६ रनले पराजित हुन पुगेको थियो । धनुषाका लागि अक्वर अलि ३२, मयन यादव ३१, रामवावु यादव २६ तथा प्रश्वम यादवले २१ रनको योगदान दिएका थिए भने बलिंग तर्फ बाराका तिर्थ राज दासले ३ विकेट तथा निखिल सिंह, अरनिको यादव र आरिफ इकवालले सामान २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच बाराका तिर्थराज दास भए।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]