५ चर्चित खेलाडी जसको लागि आगामी आईपीएल अन्तिम हुनसक्छ

खेलाडीहरुलाई आफ्नो डेब्युमा जति खुसि मिल्छ त्यति नै पिडादायी क्षण खेलबाट विदाई लिने बेला हुन्छ। जतिनै ठुलो खेलाडी भए पनि उसले क्रिकेट मैदानबाट बिदा लिनैपर्छ। यो सिजन युएईमा सेप्टेम्बर १९ देखि सुरु हुने इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा पनि केहि ठुला खेलाडीहरु छन् जसको लागि यो नै अन्तिम पटक खेलाडीको रुपमा आईपीएल सहभागिता हुनसक्छ । आईपीएलनै अन्तिम आईपएल हुनसक्ने पाँच चर्चित खेलाडीहरुको सुची यो लेखमा प्रस्तुत गरिएको छ :-

१.इमरान ताहिर

४१ वर्षीय इमरान ताहिरले गत सिजन आईपीएलको सर्वाधिक विकेट लिएका थिए

दक्षिण अफ्रीकाका लेग स्पिनर इमरान ताहिरको लागि यो अन्तिम आईपीएल सावित हुन सक्छ। जादुमयी गुग्लीले ब्याट्सम्यानलाई चकित बनाउने ताहिर विकेट हात पारेपछि खुसि मनाउने तरिकाले पनि धेरै चर्चामा रहन्छन् ।

ताहिर उमेरले ४१ वर्षमा टेकिसकेका छन्। आईपीएलमा उनले डिल्ली डेयर डेभिल्स (हालै डिल्ली क्यापिट्ल्स) र राइजिङ पुने सुपर जायन्ट्सको लागि २-२ सिजन खेलिसकेका छन् । २०१८ यता ताहिर चेन्नाइ सुपर किङ्ग्समा आबद्ध छन् ।

ताहिरले २०१९ को संस्करणमा सर्वाधिक विकेट हासिल गरेर पर्पल क्याप आफ्नो नाम गरेका थिए। उनले उक्त सिजन १७ खेलअ २६ विकेट लिएका थिए। हालसम्म कुल ५५ खेल खेल्ने क्रममा उनले आईपीएलमा अहिलेसम्म ७९ विकेट हात पारिसकेका छन्। प्रदर्शन राम्रो भएता पनि ढल्कदो उमेरका कारण यो सिजन उनको अन्तिम हुनसक्छ।

२. क्रिस गेल 

गेलको नाममा आईपीएलमा सर्वाधिक शतक रहेको छ

वेस्टइन्डिजका विस्फोटक ओपनिङ ब्याट्सम्यान गेल आईपीएलमा सबैभन्दा लोकप्रिय मध्येका खेलाडी हुन्। आफ्नो आक्रमण ब्याटिङले खेल परिवर्तन गराउने खुबी भएका गेलको लागि पनि यो अन्तिम आईपीएल हुन सक्छ । उमेरले ४१ औं वर्षमा हिंडिरहेका गेल पछिल्लो समय आईपीएलमा टोलिहरुको पहिलो रोजाई हुने गरेका छैनन्।

गेलले आईपीएलमा कैयौं कीर्तिमान राखेका छन्। आईपीएलमा कुल १२५ खेल खेलेका गेलले ४१.१३ को औशतमा ४,४८४ रन बनाइसकेका छन् । एकै पारीमा उनले अवजित तथा अहिलेसम्मकै सर्वाधिक १७५ रन बनाएका उनले सर्वाधिक ६ शतक आफ्नो नाम गरेका छन् । आफ्नो क्रियाकलापद्वारा मैदानमा रमाइलो माहोल सिर्जना गर्ने गेलले आईपीएलमा रोयल च्यालेजर्स बैंगलोर, कोलकाता नाइट राइडर्स तथा किंग्स-११ पन्जाबको लागि खेलिसकेका छन् । पछिल्लो समय फर्म र फिटनेससंग संघर्ष गरिरहेका गेलको गेल स्ट्रोम दर्शकहरुले अन्तिम पटक हेर्न सक्नेछन्।

३. हरभजन सिंह

आईपीएलमा १५० विकेट हात पारिसकेका हरभजन सर्वाधिक विकेट लिने बलरको सुचीमा तेस्रो स्थानमा छन्

भारतका चर्चित तथा सफल अफ स्पिनर हरभजन सिंह हाल ४० वर्षको भैसकेका छन्। उमेर, फिटनेस र प्रदर्शनको कारण उनी राष्ट्रिय टोलिमा पर्न छाडिसकेका छन्। उनले मुम्बई इन्डियन्स र चेन्नाइको लागि गरेर १६० खेल खेलिसकेका छन्। आईपीएलमा १५० विकेट हात पारिसकेका हरभजन सर्वाधिक विकेट लिने बलरको सुचीमा तेस्रो स्थानमा छन्। गत सिजन राम्रो प्रदर्शन गरेका अफ स्पिनरले ११ खेलमा १६ विकेट लिंदै धेरै विकेट लिने खेलाडीको सुचीमा १० औं नम्बरमा थिए। मुम्बई इन्डीएन्सको नेतृत्व गरिसकेका उनि हाल कमेन्ट्री बक्समा पनि छाउन थालेका छन्। भारतीय लेजेन्ड स्पिनरको लागि यो सिजन अन्तिम हुनसक्नेछ।

४.डेल स्टेन

३७ वर्षिय स्टेनलाई पछिल्लो समय लगातार चोटले निकै सताइरहेको छ

दक्षिण अफ्रिकी चर्चित तिब्र गति बलर डेल स्टेनको पनि यो अन्तिम आईपीएल हुने सम्भावना रहेको छ । ३७ वर्षिय स्टेनलाई पछिल्लो समय लगातार चोटले निकै सताइरहेको छ। स्टेनले २०१९ को सिजनमा ढाडको चोटको कारण दुई खेल मात्र खेलका थिए। टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका उनि आफुमा धेरै क्रिकेट बाँकी नरहेको धारणा राख्ने गर्छन् । गुजरात , हैदरावाद र बैंगलोर लागि गरेर उनले ९२ आईपीएल खेल खेलिसकेका छन् । उनी हाल रोयल च्यालेन्जर्ससँग आबद्ध छन् । यो सिजन खेलाडीको रुपमा स्टेन अन्तिम पटक आईपीएलमा देखिन सक्छन् ।

५.अमित मिश्रा

पछिल्लो ३ वर्ष देखि भारतीय टिममा स्थान बनाउन असफल मिश्रा उमेरले ३८ औं वर्षमा टेकीसकेका छन्

भारतका सफल लेग स्पिनर अमित मिश्राको लागि पनि यो अन्तिम आईपीएल हुने सम्भावना छ । पछिल्लो ३ वर्ष देखि भारतीय टिममा स्थान बनाउन असफल मिश्रा उमेरले ३८ औं वर्षमा टेकीसकेका छन्। उनको भारतको घरेलु प्रतियोगिताहरुमा सहभागिता कम हुन थालेको छ। आईपीएलमा १५७ विकेट हाँसिल गरिसकेका मिश्रा सर्वाधिक विकेट लिनेकि सुचिमा दोस्रो स्थानमा छन्। मिश्रा फिटनेसमा पनि कमजोर देखिन्छन्। आईपीएलमा ३ ह्याट्रिक लिएका मिश्रा सर्वाधिक ह्याट्रिक लिने खेलाडी हुन्। उनले हैदरावाद, डेल्ली क्यापिटल्स र डेकन चार्जर्सको प्रतिनिधित्व गरिसकेका छन्। दर्शकहरुले आईपीएलमा मिश्राको गुग्ली देख्न पाउने यो सिजन अन्तिम पटक हुन सक्छ ।

माथि उल्लेखित खेलाडीहरु उमेर र फिटनेसको कारण २०२१ को आईपीएलमा कुनै पनि टोलिको रोजाइमा नपर्न सक्छन्। २०२१ मा सबै टिमको खेलाडीहरुसँगको सम्झौता सकिनेछ र मेगा अक्सन हुनेछ। सबै टिमसँग रिटेन गर्ने विकल्प भए पनि उमेर ढल्केका खेलाडीहरु भन्दा पनि युवा खेलाडीहरुलाई टिममा समावेश गर्न चाहन्छन्। त्यसैले तपाईलाई प्रिय लाग्ने केहि खेलाडीहरुको प्रदर्शन यो आईपीएलमा अन्तिम हुनसक्छ।

सम्बन्धित :-

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/delhi-capitals-player-sams-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

https://wicketnepal.com/bravo-500th-wicket-wn20/

https://wicketnepal.com/kevin-chakka-car-sisa-wn20/





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]