तेश्रो अर्धशतक बनाउदै पडीक्कलको नयाँ कीर्तिमान, कोहलीले गरे तारिफ

रोयल च्यालेन्जर्स बैंगलोरका ओपनर देभदत्त पडीक्कल आईपीएल इतिहासमा पहिलो ४ खेल मध्ये ३ खेलमा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।

यो सिजन डेब्यु गरेका २० वर्षीय पडीक्कलले शनिवार राजस्थान रोयल्स बिरुद्ध लिगको १५ औं खेलमा ३४ बलमा अर्धशतक बनाएका थिए। उनले ४२ बलमा ५६ रन बनाए। खेलमा बैंगलोरले ८ विकेटको जित हाँसिल गर्यो।

हैदरावाद बिरुद्ध डेब्यु गरेका पडीक्कलले उक्त खेलमा ५६ रन बनाएका थिए। त्यसपछि पन्जाब बिरुद्ध १ रन मात्र बनाउन सकेका देब्रे हाते ब्याट्सम्यानले मुम्बई बिरुद्ध ५४ तथा राजस्थान बिरुद्ध ६३ रन बनाए।

पडीक्कल र कोहली

पडीक्कललाई बैंगलोरले २०१९ को अक्सनमा २० लाख भारतीय रुपैयाँमा टिममा लिएको थियो। तर उक्त सिजन टिमले उनलाई कुनै पनि खेलमा मौका दिएको थिएन।

खेलपछि बैंगलोर कप्तान बिराट कोहलीले पडीक्कको तारिफ गरे – “धेरै समय भएको छैन कि मैले सिमोन ( प्रशिक्षक ) लाई यो केटा प्रतिभाशाली छ भनेको। देब्रे हाते ब्याट्सम्यान ‘क्लिन सट’ खेल्ने गर्छन्। उनि खेल्दा रिस्क लिएको जस्तो लाग्दैन जुन कुरा यो स्तरको क्रिकेटमा कमै महसुस हुन्छ। उनि चलाख छन् र खेललाई राम्रोसंग बुझ्ने गर्छन्।” कोहलीले बताए।

लिग अन्तर्गत राजस्थानलाई पराजित गर्ने क्रममा बैंगलोरले १५५ रनको लक्ष्य मात्र २ विकेट गुमाएर पुरा गरेको थियो। त्यस क्रममा ओपनर पडीक्कलले कप्तान बिराट कोहलीसंग ९९ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। उनले ४५ बलमा ६ चौका र १ छक्का मद्दतले ६३ रन बनाए। कोहलीले अविजित ५३ बलमा ७२ रन बनाए। यस अघि युजभेन्द्र चहलले ३ विकेट लिंदा राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सकेको थियो। राजस्थानको लागि महिपाल लोमरोरले पहिलो अर्धशतक बनाउने क्रममा ४७ रन बनाएका थिए।

लिगमा ४ खेल खेल्दा ३ जित हात पारेको बैंगलोर अंकतालिकामा दोश्रो स्थानमा रहेको छ। समान अंक रहे पनि दिल्ली नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ। बैंगलोरले अब आगामी खेल सोमबार दिल्ली बिरुद्ध खेल्नेछ।

नोर्किया चम्किदा दिल्लीको तेश्रो जित, अंकतालिकाको शिर्षमा

दुर्घटनामा अफगानिस्तान ओपनर नजीबुल्लाह गम्भीर घाइते

लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास

धोनीलाई लक्षित गर्दै पठानको व्यंग्यात्मक ट्वीट “कसैको लागि उमेर अंक मात्रै, अरुको लागि खेल छोड्ने कारण”

आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy