T20 WC : पहिलो चरण समाप्त, यी हुन् दोश्रो चरण पुग्न सफल ४ टिम

युएई र ओमानमा संयुक्तरुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणमा १२ खेलहरु समाप्त भएका छन्। शनिवार ( अक्टोबर २३ ) देखि दोश्रो चरण अर्थात् सुपर-१२ चरणको खेलहरु सुरु हुनेछन्।

समुह चरण अन्तर्गतको खेलहरु पछि समुह ‘ए’ बाट समुह विजेताको रुपमा श्रीलंका तथा उपविजेताको रुपमा नामिबिया सुपर-१२ चरण प्रवेश गर्यो। समुह ‘बि’ बाट विजेताको रुपमा स्कटल्याण्ड तथा उपविजेताको रुपमा बंगलादेश सुपर-१२ चरण प्रवेश गर्यो। सुपर-१२ पुग्न सफल राष्ट्रहरु २०२२ मा अस्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपमा समेत स्वतः छनोट भएका छन्।

स्कटल्याण्ड र नामिबिया पहिलो पटक विश्वकपको दोश्रो चरण प्रवेश गर्न सफल भएका हुन्। श्रीलंका र आयरल्याण्डले समुह चरणको सबै तिन खेल जित्न सफल भयो भने बंगलादेश र नामिबियाले तिन खेलमा २ जित र १ हार बेहोर्यो।

टेस्ट रास्ट्र आयरल्याण्ड सहित नेदरल्याण्ड, पपुवा न्युगिनी र आयोजक ओमान भने पहिलो चरणबाटै बाहिरियो। पपुवा न्यु गिनी र नेदरल्याण्ड तिनवटै खेलमा पराजित भयो भने आयरल्याण्ड र ओमानले तिन खेलमा समान दुई हार र एक जित दर्ता गरे।

सुपर-१२ चरण अन्तर्गत १२ वटा टिमहरुले ६/६ वटा टिमको दुईवटा समुहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। समुह ‘१’ मा श्रीलंका र बंगलादेश सहित अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड छन्। समुह ‘२’ मा स्कटल्याण्ड र नामिबिया सहित पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान छन्। दुवै समुहमा रहेका टिमहरुले एक-अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।

सुपर-१२ चरण अन्तर्गत पहिलो खेल शनिवार ( अक्टोबर २३ ) मा बेलुका ३:४५ बजे अस्ट्रेलिया र दक्षिण अफ्रीका प्रतिस्पर्धा गर्नेछन्। दिनको दोश्रो खेल राति ७:४५ बजे इंग्ल्यान्ड र डिफेन्डिङ च्यापियन वेस्टइन्डिज बीच हुनेछ। अक्टोबर २४ तारिखमा श्रीलंका र बंगलादेश तथा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन्। खेलतालिका हेर्नुस 





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]