वर्षाका कारण जिम्बाब्वे ‘ए’ संग पहिलो एकदिवसीय रद्द, नयाँ मितिमा खेल हुने

लगातार वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको एकदिवसीय सिरिज अन्तर्गत शनिवारको पहिलो खेल रद्द गरिएको छ।

९:३० बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण टस समेत हुन नपाइ रद्द गरिएको हो। रद्द भएको खेल नयाँ मितिमा खेलाइने नेपाल क्रिकेट संघले बताएको छ। मौसम पूर्वानुमान अनुसार केहि दिन अझै वर्षाको सम्भावना हुँदा सिरिजको खेलहरु प्रभावित हुने सम्भावना छ।

दुई देश बीच तिन वटा एकदिवसीय र तिन वटा टि-२० सिरिज हुने तालिका छ। दोश्रो एकदिवसीय सोमबार हुने तालिका छ।

सिरिजको लागि क्यानले शुक्रबार १६ सदस्यीय टिम घोषणा गरेको थियो।

जिम्बाब्वे एकदिवसीय सिरिजको लागि नेपाली टिमको घोषणा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy