ओमेगा र माछापुच्छ्रे बीच पहिलो खेल वर्षाका कारण रद्द

काठमाडौँको ओमेगा कलेजको पोखरा भ्रमण अन्तर्गत स्थानिय माछापुच्छ्रे क्रिकेट एकेडेमीसंगको पाँच खेलको टि-२० सिरिज अन्तर्गत पहिलो खेल वर्षाको कारण रद्द भएको छ। पोखराको तालचोक स्थित ईडन हेभेन्स मैदानमा हुनु पर्ने खेल लगातार वर्षा पछि रद्द गरिएको हो।

सिरिज अन्तर्गत आगामी खेल सोमबार ( भदौ  १४ ) दिउसो १ बजे खेलिने तालिका रहेको छ। त्यसपछि भदौ १५, १६ र १७ गते सिरिजको बाँकी खेलहरु खेल्ने तालिका रहेको छ। सबै खेलहरु ईडन हेभेन्स मैदानमा खेलिनेछ।

अंकित प्रताप सिंह कप्तानीको ओमेगा कलेज टिमको उपकप्तान मनिरत्न कुमार शाह रहेका छन्। टिममा विकेटकिपरको रुपमा बिबेक बुढाथोकी, सफल केसी, प्रज्वल झा, प्रज्वल सापकोटा, सौरभ राज, सुरेश कुमार यादव, सुशंक आचार्य, रिवाज खड्का, समिर बिस्ट र हरिश शाही रहेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy