त्रिकोणात्मक टि-२० : नेपालको पहिलो खेल युएईसंग

नेपाल क्रिकेट सङ्घ (क्यान)ले कात्तिक पहिलो साता त्रिदेशीय टी-२० शृङ्खला आयोजना गर्ने भएको छ।

आईसीसी टी-२० विश्वकप छनोटको तयारीका रूपमा सङ्घले त्रिदेशीय शृङ्खला आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगितामा नेपालसँगै युएई र हङकङ सहभागी हुनेछन्।

एक सातासम्म चल्ने प्रतियोगितामा सात वटा खेल हुनेछन्। जसमा ६ खेल मुलपानी क्रिकेट मैदानमा र फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

पहिलो खेलमा कात्तिक १ गते नेपाल र युएई प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, दोस्रो खेलमा कात्तिक २ गते नेपाल र हङकङको प्रतिस्पर्धा हुनेछ।

कात्तिक ४ मा नेपाल र हङकङको दोस्रो खेल हुनेछ भने कात्तिक ५ मा हङकङ र युएई भिड्नेछन्। त्यस्तै, कात्तिक ६ मा नेपाल र युएई तथा कात्तिक ८ मा हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल कात्तिक १० मा त्रिवि क्रिकेट मैदानमा हुनेछ।

त्यसलगत्तै कात्तिक १३ बाट टी-२० छनोट प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]