इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ तारिख बुधबारबाट सुरु हुने पाँच खेलको टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टबाट भारतीय ओपनर मायाँक अग्रवाल बाहिरिएका छन्।
अभ्यासको क्रममा बलले हेल्मेटमा लागेपछि अग्रवाललाई कन्कसनको लक्षण ( टाउकोमा लागेपछि दिमागमा पर्ने असर ) देखिएको थियो। “३० वर्षीय ओपनर अहिले छन् र चिकित्सकको निगरानीमा बस्नेछन्।” भारतीय क्रिकेट बोर्डले सोमबार बिज्ञप्ति जारि गर्दै बताएको छ।
NEWS 🚨- Mayank Agarwal ruled out of first Test due to concussion.
The 30-year-old is stable and will remain under close medical observation.
More details here – https://t.co/6B5ESUusRO #ENGvIND pic.twitter.com/UgOeHt2VQQ
— BCCI (@BCCI) August 2, 2021
जुनमा वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल पछि भारतीय खेलाडी घाइते भएको यो पहिलो पटक हैन। यस अघि शुबमन गिल, वासिंगटन सुन्दर, आभेस खान सिरिजबाट बाहिरीएका छन्। पृथ्वी श र सूर्यकुमार यादवलाई उनीहरुको प्रतिस्थापनमा बोलाइएको छ। दुई खेलाडी १० दिन क्वारेन्टाइनमा बसेपछि तेश्रो टेस्टको लागि मात्र खेल्न उपलब्ध हुनेछन्।
मायाँक अग्रवाल बाहिर भएपछि रोहित शर्मासंग केएल राहुल अथवा अभिमन्यु इश्वरनले ओपनिंग गर्नेछन्। दुई खेलाडी बाहेक भारतसंग अन्य ओपनिंग बिकल्प छैन। भारतले हनुवा विहारीलाई पनि ओपनिंगमा खेलाउनेबारे सोचीरहेको छ।
यसै बीच भारतीय उपकप्तान अजिंके रहानेले ओपनिंगमा चेतेश्वर पुजारा आउने सम्भावनालाई गलत बताएका छन्। “पुजारा हाम्रो नम्बर-३ ब्याट्सम्यान हो। ओपनिंग कसले गर्नेछन् बारे हामि छलफल गरिरहेका छौँ र निष्कर्षमा पुगीसकेका छैनौ। पुजाराले नम्बर-३ मा ब्याटिंग निरन्तरता दिनेछन्।”
सिरिज अन्तर्गत पहिलो खेल अगस्ट ४ मा ट्रेन्ट ब्रिजमा सुरु हुनेछ जसपछि लर्ड्स, हेडिंगले, केनिंगटन ओभल र ओल्ड ट्राफोर्डमा बाँकी खेलहरु खेलिनेछ।
