ग्लोबल टि-२० : पैसा नपाउदा मैदान जान खेलाडी मानेनन्

ग्लोबल टि-२० क्यानडा अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टोले मोन्टरियल टाइगर्ससंग अहिले राति नेपाली समय १०:१५ बजे खेल्ने कार्यक्रम रहेको थियो।

इएसपीएनक्रिक्इन्फोका पत्रकार पिटर डेला पेनाका अनुसार प्रतियोगिता खेलेबापत पैसा नपाएका कारण खेलाडीहरुले टिम बसलाई हिड्न दिईरहेका छैनन्।

ट्वीटरमा पिटरले यो घटना बारे लेख्दै १ घण्टा अघि नै टिम बस मैदान जानु पर्ने भए पनि बस नहीडेको बताएका छन्। मोन्टरियल टिमको कप्तान जर्ज बेली रहेका छन् भने टोरोन्टोको युभराज सिंह रहेका छन्।

प्रतियोगितामा युभराज सिंह, शाहिद अफ्रिदी, काइरन पोलार्ड, उमर अकमल , सोयब मलिक, ब्रेण्डन म्याकलम जस्ता ठुला क्रिकेटरहरु खेलीरहेका छन् जसलाई महँगो मूल्यमा टिमले ड्राफ्टमार्फत लिएको थियो।

खेल सुरु हुने समय भएपनि हालसम्म टस भएको छैन भने अहिलेसम्म स्टारस्पोर्ट्सले प्रशारण सुरु गरेको छैन। च्यानलले खेल केहि समयमा सुरु हुने लेखेको छ । क्रिकबजले हालसम्म टस हुनु पर्ने तर केहि जानकारी नपाएको लेखेको छ र पिटर डेला पेनाको ट्वीटलाई राखेको छ। यस्तै क्रिक्इन्फोले टस ढिलो भएको मात्रै लेखेको छ।

यस्तै ग्लोबल टि-२० को अधिकारिक ट्वीटरमा टेक्निकल कारणले खेल ढिला सुरु हुने र अब लोकल समय २:३० बजे सुरु हुने लेखेको छ। २:३० नेपाली समयमा बदल्दा १२:१५ बजे राति हुन आउछ।


सन्दिप लामिछानेलाई टोरोन्टो नेसनल्स टिमले ६० हजार डलर तथा सोमपाल कामिलाई ३ हजार डलरमा विन्नीपेग हक्सले टिममा लिएको थियो।

आज मात्रै पाकिस्तानी क्रिकेटर उमर अकमलले प्रतियोगिताको दौरान आफुलाई फिक्सरले सम्पर्क गरेको खुलासा गरेका थिए। 

गत वर्ष देखि संचालित प्रतियोगितामा ६ वटा फ़्रेन्चाइज् टोलिहरु खेलीरहेका छन्।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]