१९९२ र २०१९ – पाकिस्तानको अचम्मित पार्ने दर्जन बढी संयोग, जित्ला पाकिस्तानले विश्वकप ?

इंग्ल्याण्डमा जारि आईसीसी विश्वकप क्रिकेट अन्तर्गत खराब सुरुवातको खराब प्रदर्शनको कारण आलोचित बनेको पाकिस्तान क्रिकेट टिमको पछिल्लो खेलमा आइतबार दक्षिण अफ्रीकालाई ४९ रनले पराजित गरेपछि पुनः प्रसंशा हुन थालेको छ।

दक्षिण अफ्रीकालाई पराजित गर्ने क्रममा पहिले ब्याटिंग गर्दै पाकिस्तानए ३०८ रन बनाएको थियो र दोश्रो इनिंगमा दक्षिण अफ्रीकालाई २५९ रनमा सिमित गर्न सफल रह्यो। ब्याटिंगमा हरिश सोहेलले ८९ र बाबर आजमले ६९ रन बनाउदा बलिंगमा शदाब खान र वाहब रियाजले ३/३ र मोहम्मद आमिरले २ विकेट लिए।

प्रतियोगितामा कुल ६ खेल खेल्दा २ जित, ३ हार र १ नतिजाविहिन खेल सहित पाकिस्तानको ५ अंक रहेको छ र अंकतालिकामा सातौँ स्थानमा रहेको छ। पाकिस्तानले वेस्ट इन्डिज, अस्ट्रेलिया र भारतसंग हार बेहोर्दा, इंग्ल्याण्ड र दक्षिण अफ्रीकासंग जित हात पारेको छ भने श्रीलंकासंगको खेल वर्षाको कारण नतिजाविहिन रहेको थियो। सातौँ खेलमा बुधबार उसले हालसम्म अपराजित न्युजिल्याण्डसंग खेल्दैछ।

१९९२ विश्वकपसंग संयोग नै संयोग

दक्षीण अफ्रीकालाई पराजित गरेपछि पाकिस्तान टिमको चर्चा जित भन्दा बढी १९९२ को विश्वकप इमरान खान कप्तानीको पाकिस्तानले जित्दा मिलेको संयोगको कारण बढी हुन थालेको छ।

अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजित १९९२ विश्वकपमा पाकिस्तानले फाइनलमा इंग्ल्याण्डलाई २२ रनले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको थियो। त्यस बेला पाकिस्तानको कप्तान इमरान हाल पाकिस्तानको प्रधानमन्त्री रहेका छन्।

जित/हार/नतिजाविहिन ठ्याक्कै उही नतिजा  

१९९२ विश्वकपमा पाकिस्तानले पहिलो ६ खेल र जारि विश्वकपमा पहिलो ६ खेलमा पाकिस्तानको नतिजा ठ्याक्कै मिलेको छ।

१९९२ मा पहिलो खेलमा हार, दोश्रो खेलमा जित, तेश्रो खेल नतिजाविहिन, चौथो खेलमा हार, पाँचौ खेलमा हार र छैठौं खेलमा जित हाँसिल गरेको थियो। अहिले पनि पाकिस्तानको नतिजा उस्तै छ।

१९९२ मा पाकिस्तानको नतिजा ( पहिलो ६ खेल ) :- हार, हार, नतिजाविहिन, हार, हार, जित 

वेस्टइन्डिजसंग १० विकेटले पराजित  , दोश्रो खेल :- जिम्बाबेसंग ५३ रनले विजयी , तेश्रो खेल :- इंग्ल्याण्डसंग नतिजाविहिन ,चौथो खेल :- भारतसंग ४३ रनले पराजित , पाँचौ खेल :- दक्षिण अफ्रीकासंग २० रनले पराजित ,छैठौं खेल :- अस्ट्रेलियासंग ४८ रनले विजयी

जारि विश्वकपमा पाकिस्तानको नतिजा :- हार, हार, नतिजाविहिन, हार, हार, जित

पहिलो खेल – वेस्टइन्डिजसंग ७ विकेटले पराजित, दोश्रो खेल – पाकिस्तानसंग १४ रनको जित, तेश्रो खेल – श्रीलंकासंग नतिजाविहिन, चौथो खेल – अस्ट्रेलियासंग ४१ रनले पराजित, पाँचौ खेल – भारतसंग ८९ रनले पराजित, छैठौं खेल – दक्षिण अफ्रीकासंग ४९ रनले विजयी

पहिलो ६ खेलको नतिजा जित/हार मात्रै हैन सबै खेलमा विकेटको जित वा रनको जित पनि उस्तै छ।

१९९२ मा सातौँ खेलमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो। सातौँ खेलमा पाकिस्तानले जारि विश्वकपमा न्युजिल्याण्डसंग खेल्दैछ। यो खेलमा पाकिस्तान विजयी भए यो संयोगमा अझ विश्वास बढ्ने पक्का छ।

यो त केहि हैन अन्य कैयौं संयोग पनि मिलेका छन् जसले विश्वकप सरफराज एहमद कप्तानीको पाकिस्तानले जित्ने आंकलन गर्न थालिएको छ । चर्चित वेवसाइट क्रिक्इन्फोले यिनै संयोगबारे लेख समेत प्रकाशित गरेको छ जसलाई यहाँ अनुवाद गरेका छौँ –

१. एउटै फर्म्याट 

१९९२, विश्वकपमा कुल ९ टिम सहभागी थिए र सबै टिमले सबै टिमसंग खेल्नु पर्थ्यो जसबाट उत्कृस्ट ४ टिम सेमीफाइनल प्रवेश गर्ने थियो
२०१९, यो विश्वकपमा १० टिम सहभागी छन् र सबै टिमले सबैसंग खेलेपछि उत्कृस्ट ४ टिम सेमीफाइनल प्रवेश गर्नेछन्

२. एउटै नियम 

१९९२, मा आईसीसीले एक इनिंगमा २ वटा नयाँ सेतो बल प्रयोग गर्ने निर्णय गरेको थियो, २ इन्डमा २ वटा बल प्रयोग भएको थियो

२०१९, अहिले पनि टिमले एउटा इनिंगमा २ फरक किनारमा २ वटा नयाँ बल प्रयोग भइरहेकको छ

३.  वेस्टइन्डिजसंग पहिलो खेल र नतिजा 

१९९२ मा पनि पाकिस्तानले वेस्टइन्डिजसंग खेल्दै प्रतियोगिता सुरुवात गरेको थियो। त्यस बेला १० विकेटले र अहिले ७ विकेटले पाकिस्तान पराजित हुन पुग्यो।

४. न्युजिल्याण्डसंग हुनेछ विश्वासको परिक्षा 

१९९२ मा पाकिस्तानले मार्टिन क्रो कप्तानीको न्युजिल्याण्ड जो उक्त विश्वकपमा अपराजित रहेको रहेको अवस्थामा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको थियो भने न्युजिल्याण्डको जितको यात्रा टुंग्याएको थियो।

२०१९ मा पाकिस्तानले न्युजिल्याण्डसंग खेल्दा न्युजिल्याण्ड अहिले पनि अपराजित रहेको छ। यो पटक पाकिस्तान जित्दा सेमीफाइनल पुग्ने अवस्था त चिया तर जितले पाकिस्तानको सम्भावना भने ह्वात्तै बढाउनेछ।

अन्य संयोगहरु – 

१९९२ मा इन्जमाम उल हक पाकिस्तानको नयाँ स्टारको रुपमा उदाएका थिए
२०१९ मा इन्जमामको भतिज रहेका इमाम उल हक उदाईरहेका छन्

१९९२ मा पाकिस्तानी देब्रे हाते ब्याट्सम्यान सोहेल अनवर छैठौं खेलमा म्यान अफ द म्याच चुनिएका थिए
२०१९ मा छैठौं खेलमा देब्रे हाते ब्याट्सम्यान सोहेल हरिस नै खेलमा म्यान अफ द म्याच चुनिएका छन्

१९९२ मा, भारत र अस्ट्रेलियाले पछिल्लो २ विश्वकप ( १९८३ भारत र १९८७ अस्ट्रेलिया ) जितेका थिए
२०१९ मा, भारत र अस्ट्रेलियानै यो पटक पनि पछिल्लो २ विश्वकप ( २०११ भारत र २०१५ अस्ट्रेलिया ) विजेता हुन्

१९९२ मा पाकिस्तानको पुर्व राष्ट्रपति आसिफ अलि जर्दारी जो बेनजिर भुट्टोको पति समेत थिए उनि जेलमा थिए
२०१९ मा, असिफ अलि जर्दारी पुनः जेलमा रहेका छन्

१९९२ मा ‘अलादिन’ एनीमेटेड म्युजीकल फिल्मको रुपमा रिलिज भएको थियो
२०१९ मा, ‘अलादिन रिबुट’ रिलिज भएको छ

१९९२ र २०१९ मा विश्वकप अघि लिईएको कप्तानहरुको सामुहिक तस्विरमा पाकिस्तान कप्तान सरफराजको पछि श्रीलंकन कप्तान उभिएका थिए

अंकको पनि साथ

१९९२ = १+९+९+२ = २१ , २+१ = ३
२०१९ = २+०+१+९ = १२ , १+२ = ३

मानौं १९९२ LHS र २०१९ RHS , अब,

१९९२ = १९+९+२ = ३०
२०१९ = २०+१+९ = ३०

LHS = RHS , प्रमाणित 😉

पाकिस्तानले विश्वकप जित्नेछ, तपाई विश्वास गर्नुहुन्छ ? कमेन्ट गर्नुहोला है





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]