ENGvPAK 2nd Test : दोश्रो दिन समाप्तिमा पाकिस्तान २२३/९, रिजवानको अर्धशतक

२०७७ श्रावण ३०, शुक्रबार २३:३६

पाकिस्तान र इंग्ल्यान्ड बीच द रोज बल साउथह्याम्प्टनमा जारि तिन टेस्ट म्याचको सिरिज अन्तर्गत दोश्रो टेस्ट जारि रहेको छ। टेस्टको दोश्रो दिनको खेल समाप्त हुँदा पाकिस्तानले पहिलो इनिंगमा ब्याटिंग गर्दै ९ विकेट गुमाएर २२३ रन बनाएको छ।

पहिलो दिन १२६/५ रहेको पाकिस्तानले दोश्रो दिन पनि सुधारिएको ब्याटिंग गर्न सकेन। बाबार आजम ४७ रन बनाएर आउट भएपछि उसले लगातार विकेट गुमाउन पुग्यो। यासिर शाह ५, शाहिन अफ्रिदी खाता नखोली आउट भए।

अर्को किनारमा लगातार विकेट गुमेता पनि पहिलो दिन समाप्तिमा ४ रनमा अविजित रहँदै दोश्रो दिन ब्याटिंग सुरु गरेका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान भने अझै अविजित रहेका छन्। रिजवानले अविजित ६० रन बनाएका छन् जुन क्रममा ११६ बलमा ५ चौका प्रहार गरेका छन्। नसिम शाह १ रन बनाएर अविजित रहेका छन्।

१७६ रनमा ८ विकेट गुमाएको अवस्थामा रिजवानले नवौं विकेटको लागि मोहम्मद अब्बाससंग ३९ रनको साझेदारी गरेका थिए। अब्बास २ रन बनाएर आउट भए।

दोश्रो दिनको खेल वर्षाले ढिला सुरु भएको थियो भने तेश्रो सेसनको खेल खराब प्रकाशको कारण प्रभावित बन्न पुग्यो। त्यसैले दोश्रो दिन मात्र ४० ओभरको खेल सम्भब हुनसक्यो।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको पाकिस्तानको लागि पहिलो दिन अबिद अलिले ६० रन, अजर अलिले २० रन बनाएका थिए। शान मसुद १ , असद शफिक ५ तथा फवाद आलम खाता नखोली आउट भएका थिए।

इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसन ( २४-५-४८-३ ) र स्टुवार्ट ब्रोड ( २५-७-५६-३ ) ले समान ३ विकेट लिएका छन्। स्याम करन र क्रिस वोक्सले १/१ विकेट लिएका छन्।

टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्ट इंग्ल्यान्डले ३ विकेटले जितेको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/

https://wicketnepal.com/stuart-broad-inhaler-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy