अलि, रौफ र कादिरको प्रदर्शनमा पाकिस्तानको जित

दोश्रो टि-२० अन्तर्राष्ट्रियमा ८ विकेटको सहज जित दर्ता गर्दै घरेलु टिम पाकिस्तानले जिम्बाब्वे बिरुद्ध तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज १ खेल अगावै २-० ले जितेको छ।

रावलपिण्डी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा जिम्बाब्वेले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १५.१ ओभरमा २ विकेट मात्र गुमाएर पुरा गर्यो।

पाकिस्तानको लागि हैदर अलिले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ४३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। कप्तान बाबार आजमले ५१ रन बनाए जुन क्रममा २८ बलमा ८ चौका र १ छक्का प्रहार गरे। उत्कृस्ट लयमा रहेका आजमले पछिल्लो टि-२० मा ८२ रन बनाएका थिए भने एकदिवसीय सिरिजमा १२५, ७७* र १९ रन बनएका थिए।

लक्ष्य पछ्याउने क्रममा तेश्रो ओभरमा ओपनर फखर जमान ५ रन बनाएर मुजाराबानीबाट क्याच आउट भएका थिए। त्यसपछि कप्तान आजमले दोश्रो विकेटको लागि अलिसंग १०० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। १३ औं ओभरमा आजमलाई मुजाराबानीले क्याच आउट गराएपछि अलिले खुस्दिल शाहसंग २७ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। शाहले अविजित ११ रन बनाए।

लेग स्पिनर उस्मान कादिरले ३ विकेट लिए

जिम्बाब्वेको बलिंगमा ब्लेसिंग मुजाराबानिले २ विकेट लिए। उत्कृस्ट लयमा रहेका दायाँ हाते फास्ट बलरले पछिल्लो टि-२० मा पनि २ विकेट लिएका थिए भने यस अघिको एकदिवसीय सिरिजमा ३ खेलमा ७ विकेट लिएका थिए।

टस हारेर ब्याटिंग गर्ने क्रममा जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो।

सुरुवात देखि लगातार विकेट गुमाएको जिम्बाब्वेको लागि ब्याट्सम्यानहरुले ठूलो योगफल र साझेदारी बनाउन सकेनन्। ९० रनमा ६ विकेट गुमाएको अवस्थामा रायन बर्लले अविजित सर्वाधिक ३२ रन बनाउदै टिमलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए। बर्लले सातौँ विकेटको लागि ट्रिपनिसंग ३० रनको साझेदारी गरे जुन खेलको सबैभन्दा ठुलो साझेदारी थियो। अघिल्लो खेलमा अर्धशतक बनाएका मधिभिरेले २४, एल्टन चिगुम्बुराले १८, ट्रिपानो र कप्तान चिभाभाले समान १५ रन बनाए।


पाकिस्तानको बलिंगमा हरिस रौफ ( ४-०-३१-३ ) र उस्मान कादिर ( ४-०-२३-३ ) ले समान ३/३ विकेट तथा फहीम अशरफले १ विकेट ( ४-०-२०-१ ) लिए।

खेलको प्लेयर अफ द म्याच अविजित ६६ रन बनाएका हैदर अलि घोषित भए।

सिरिज अन्तर्गत तथा जिम्बाब्वेको पाकिस्तान भ्रमणको अन्तिम टि-२० मंगलबार रावलपिण्डीमा खेल्ने तालिका रहेको छ। यस अघि तिन एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज पनि घरेलु टिमले २-१ ले जित्न सफल भएको थियो।

https://wicketnepal.com/azam-vs-zim-1st-t20i-rep/

https://wicketnepal.com/sehwag-about-kohli-captain-rcb-wn20/

https://wicketnepal.com/sandeep-playing-xi-of-aakash-chopda-vs-srh-2nd-qf-wn20/

https://wicketnepal.com/gambhir-on-kohli-failure-ipl-wn20/

https://wicketnepal.com/can-bargikaran-sachyayo-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy