पाकिस्तानलाई निराश पार्दै बंगलादेश एसिया कपको फाइनलमा

  • विकेटनेपाल, असोज ११ – बिहिबार 

भारत र पाकिस्तान बीच एसिया कपको फाइनलमा भेट हेर्ने फ्यानहरुको चाहना पुरा नहुने भएको छ। फाइनल पुग्न  जित्नै पर्ने खेलमा बंगलादेशसंग ३७ रनले पराजित भएपछि पाकिस्तानको एसिया कप यात्रा सुपर-४ चरणमा टुंगिएको हो।

सुपर-४ को खेलहरु भारत सबै ३ खेलमा जित सहित र बंगलादेश २ जित र १ हार सहित क्रमसः अंकतालिकामा पहिलो र दोश्रो हुँदै फाइनल प्रवेश गरेको छ। १४ औं संस्करणको एसिया कप फाइनल शुक्रबार भारत र बंगलादेश बीच खेलिनेछ।

अन्तिम ४ एसिया कपमा ३ पटक बंगलादेशले फाइनलको यात्रा तय गरेको छ। सन् २०१२ मा पाकिस्तानसंग, सन् २०१६ र २०१८ मा बंगलादेशले फाइनल खेलेपनि उपाधि भने जित्न सकेको थिएन।

मुस्तफिजुरको शानदार बलिङ्ग

पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्रै बनाउन सक्यो।

प्लेयर अफ द म्याच चुनिएका मुस्तफिजुर रहमानले ४ विकेट ( १०-२-४३-४ ) तथा मेहदी हसनले २ विकेट ( १०-१-२८-२ ) लिंदै पाकिस्तानी माथिलो क्रम ध्वस्त बनाएका थिए।

पहिलो ३ विकेट १८ रनमै गुमाएको बेला ओपनर इमाम उल हक पाकिस्तानको आशा बनेका थिए। हकले शोएब मलिकसंग चौथो विकेटको लागि ६७ रनको तथा छैठौं विकेटको लागि आसिफ अलिसंग ७१ रनको साझेदारी गरे। मलिक ३० तथा आसिफ ३१ रन बनाएर आउट हुन पुगे।

४१ औं ओभरमा इमाम पनि ८३ रन बनाएर आउट भएपछि पाकिस्तानको जितको आशा चकनाचुर हुन पुग्यो। १०५ बलमा हकले २ चौका र १ छक्का प्रहार गरे।

१६५/५ को योगफलबाट ३७ रन जोड्दा पाकिस्तानले बाँकी ४ विकेट गुमाउन पुग्यो र निर्धारित ५० ओभर ब्याटिंग गरे पनि २०२ रन मात्रै बनाउन सक्यो। रुबेल हुसेन, महमदुल्लाह, सौम्य सरकारले पनि समान १/१ विकेट लिए।

बंगलादेशको ब्याटिंग 

बंगलादेशले पहिले ब्याटिंग गर्दै ४८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २३९ रनको योगफल तयार गरेको छ।

टस जितेर ब्याटिंग गर्दै शेख जायद स्टेडियममा खराब सुरुवात गर्दै बंगलादेशले सुरुवाती ३ विकेट ४.२ ओभरमा गुमाउन पुग्यो। लिटोन दास ( ६ ) , सौम्य सरकार ( ० ) र मोमिनुल हक ( ५ ) आउट हुँदा दबाबमा परेको बंगलादेशी इनिंगलाई चौथो विकेटको लागि शतकीय साझेदारी गर्दै मुस्फिकर रहिम र मोहम्मद मिथुनले उकासे।

मिथुन ६० रन ( ८४ बल, ४ चौका ) बनाएर ३४ औं ओभरमा आउट हुनु अघि रहिमसंग १४४ रनको साझेदारी गरे।

मिथुन आउट भए पछि ४२ औं ओभरमा रहिमले पनि शतक बनाउन १ रन बाँकी हुँदा विकेट गुमाउन पुगे। रहिमले ११६ बलमा ९ चौका प्रहार गर्दै बंगलादेशलाई सम्मानजनक स्कोरतर्फ डोर्याए।

अन्त्यमा महमुदुल्लाहले २५, मेहदी हसनले १२ तथा मश्रफे मुर्तजाले १३ रन योगदान दिंदा बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाएर २३९ रनको योगफल तयार गर्यो।

पाकिस्तानी बलर जुनैद खानले सर्वाधिक ४ विकेट ( ९-१-१९-४ ) हात पार्दा शाहिन अफ्रिदी ( १०-१-४७-२ ) ताथ हसन अलि ( ९.५-०-६०-२ ) ले समान २/२ विकेट र शदाब खानले १ विकेट लिए।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]