एसिया कप : पाकिस्तानसामु हंगकंग निरिह

  • विकेटनेपाल – भदौ ३१ 

युएईमा जारि एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत उपाधिको दाबेदार टिम पाकिस्तानले हंगकंगलाई सहजै ८ विकेटले पराजित गरेको छ।एसिया कप छनौट प्रतियोगितामा गत हफ्ता नेपाल, युएई र ओमानलाई पछि पार्दै एसिया कप खेल्न छनौट भएको हंगकंगले पाकिस्तानसामु कमजोर प्रदर्शन गर्यो।

पहिलो इनिंग  

बायाँ हाते तिब्र गतिका बलर मोहम्मद आमिरको पहिलो ओभरमानै निजाकत खानले ११ रन प्रहार गर्दै उत्कृस्ट स्रुरुवात गरेपनि हंगकंगले त्यसको फाइदा उठाउन सकेन। ३७.१ ओभरमा सबै विकेट गुमाउन अघि हंगकंगले ११६ रन मात्र जोड्न सक्यो।

पहिलो विकेटका लागि निजाकतले अन्शुमन राथसंग १७ रनको साझेदारी गरेपनि शदाब खानको डाइरेक्ट हिटमा निजाकत रन आउटको शिकार बनेका थिए। त्यसपश्चात कप्तान रथले इनिंग सम्हाल्ने प्रयासमा १९ रनको योगदान गरे। आठौँ ओभरको पाँचौं बलमा रथ क्याच आउट भएसंगै हंगकंगको विकेट पतनको शिलशिला सुरु भयो।


एजाज खानले व्यक्तिगत २७ तथा किन्चित साहले व्यक्तिगत २६ रन प्रहार गर्दै हंगकंगको ब्याटिंगलाई उकास्ने प्रयास गरेपनि शदाब खान, उश्मान खान र हसन अलिको घातक बलिंगको जवाफ कुनै ब्याट्सम्यानले दिन सकेनन्।

पाकिस्तानको बलिंगमा उश्मान खानले सर्वाधिक ३ विकेटहात पारे। यस्तै हसन अलि र शदाब खानको नाममा समान २-२ विकेट रह्यो। यस्तै फहीम अश्रफले अन्शुमन राथको महत्वपूर्ण विकेट लिएका थिए।

इमामको अर्धशतक , सहज जित  

११७ रनको लक्ष्य पाकिस्तानले २३.४ ओभरमै पुरा गर्यो। ओपनर इमाज उल हकले अविजित ५० रन ( ६९ बल, ३ चौका र १ छक्का ) बनाए भने फखार जमान र बबार आजमले आउट हुनु अघि क्रमश: २४ र ३३ रन बनाए। हंगकंगको लागि दुवै विकेट एहसान खानले लिए।

प्रतियोगिता अन्तर्गत सोमबार समुह ‘बि’ को खेलमा श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन्। यस्तै मंगलबार भारत र हंगकंग बीच समुह ‘ए’ को खेल हुनेछ। बुधबार समुह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानले तथा बिहिबार समुह ‘बि’ अन्तर्गत बंगलादेशले अफगानिस्तानको सामना गर्नेछ।

मलेसियामा सम्पन्न एसिया कप छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयोजक टोलिसंग पराजित भएपनि बाँकिका खेलमा आफ्नो पक्षमा नतिजा निकाल्दै हंगकंगले एसिया कपमा स्थान बनाएको हो। छनौट प्रतियोगितामा हंगकंगले युएई, नेपाल, र सिंगापुरलाई पराजित गर्दै पाकिस्तान र भारतसंगको भेट पक्का गरेको हो।

( फोटोहरु – एसीसी , आईसीसी )





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]