पाकिस्तानको १९९२ को संयोग जारि , न्युजिल्याण्डसंग शानदार जित

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डको अपराजित यात्रामा पूर्णविराम लगाउदै ६ विकेटको शानदार जित निकालेको छ।

सन् १९९२ मा पाकिस्तानले एकदिवसीय विश्वकप जित्दा जे नतिजा आएको थियो पाकिस्तान क्रिकेट टिमको जारि विश्वकपमा सोहि नतिजा आउने संयोग पुनः जारि छ।

१९९२ र २०१९ मा पाकिस्तानको पहिलो ७ खेलमा नतिजा :- हार, जित, नतिजाविहिन, हार, हार, जित, जित

सन् १९९२ मा पनि पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गर्दै न्युजिल्याण्डको प्रतियोगिताको अपराजित यात्रा तय गरेको थियो। यो पटक पनि प्रतियोगितामा न्युजिल्याण्डको अपराजित यात्रा रोकिएको छ। १९९२ मा पनि पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो। त्यस खेलमा पनि पाकिस्तानको लागि रामिज राजाले अविजित शतक बनाउदै जितसम्म पुर्याएका थिए भने यो पटक बाबर आजमले अविजित शतक बनाउदै जित दिलाएका छन्।

प्रतियोगितामा सातौँ खेल खेल्दा न्युजिल्याण्डको ५ जित , १ हार र १ नतिजाविहिन अंक सहित ११ अंक रहेको छ र अंकतालिकामा दोश्रो स्थानमा रहेको छ। जितसंगै पाकिस्तान ७ खेलमा ३ जित, ३ हार र १ बराबरी नतिजा सहित छैठौं स्थानमा उक्लेको छ। अब पाकिस्तानले बाँकी २ खेलमा अफगानिस्तानसंग जुन २९ र बंगलादेशसंग जुलाई ५ तारिकमा खेल्ने तालिका रहेको छ।  न्युजिल्याण्डले भने अब अस्ट्रेलियासंग जुन २९ र इंग्ल्याण्डसंग जुलाई ३ तारिकमा खेल्नेछ।

बाबरको उत्कृस्ट शतक 

खेलमा न्युजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ओपनर इमाम उल हक १९र फखर जमान ९ रन बनाएर आउट भए। त्यसपछि मोहम्मद हफिज र बाबर आजमले तेश्रो विकेटको लागि ६६ रनको साझेदारी गरे। हजिफ ३२ रन बनाएर आउट भए।

चौथो विकेटको लागि आजम र हरिस सोहेलले शतकीय साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्याए। जितको लागि मात्र २ रन बाँकी रहंदा सोहेल रन आउट भए जस अघि उनले ६८ रन बनाए। यस क्रममा उनले ७६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

सोहेल र आजमले चौथो विकेटको लागि १२६ रनको उत्कृस्ट साझेदारी गरे। बाबर आजमले अविजित शतक बनाउदै टिमलाई जितसम्म पुर्याए। उनले १०१ रन बनाउन १२७ बलमा ११ चौका प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा बाबरको यो दशौँ शतक हो।

५० औं ओभरको पहिलो बलमा सरफराज एहमदले चौका प्रहार गर्दै टिमलाई विजय दिलाए।

न्युजिल्याण्डको बलिंगमा लकी फर्गुस, केन विलियमसन र ट्रेन्ट बोल्टले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डओ लागि जेम्स निसमले सर्वाधिक ९७ रन बनाएका थिए। यस्तै कोलिन डी ग्रयाण्डहोमले ६४ र कप्तान केन विलियमसनले ४१ रन बनाए। एक समय ८३-५ को अवस्थामा रहेको न्युजिल्याण्डको लागि निसम र ग्रयाण्डहोमले १३२ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए। पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले ३ विकेट लिन १० ओभरमा ३ मेडन गर्दै २८ रन मात्र खर्चिएका थिए। मोहम्मद आमिर र शदाब खानले १/१ विकेट लिए।

१९९२ र २०१९ मा पाकिस्तान टिमसंग मिलेको संयोगहरु  

१. एउटै फर्म्याट 

१९९२, विश्वकपमा कुल ९ टिम सहभागी थिए र सबै टिमले सबै टिमसंग खेल्नु पर्थ्यो जसबाट उत्कृस्ट ४ टिम सेमीफाइनल प्रवेश गर्ने थियो
२०१९, यो विश्वकपमा १० टिम सहभागी छन् र सबै टिमले सबैसंग खेलेपछि उत्कृस्ट ४ टिम सेमीफाइनल प्रवेश गर्नेछन्

२. एउटै नियम 

१९९२, मा आईसीसीले एक इनिंगमा २ वटा नयाँ सेतो बल प्रयोग गर्ने निर्णय गरेको थियो, २ इन्डमा २ वटा बल प्रयोग भएको थियो

२०१९, अहिले पनि टिमले एउटा इनिंगमा २ फरक किनारमा २ वटा नयाँ बल प्रयोग भइरहेकको छ

३.  वेस्टइन्डिजसंग पहिलो खेल र नतिजा 

१९९२ मा पनि पाकिस्तानले वेस्टइन्डिजसंग खेल्दै प्रतियोगिता सुरुवात गरेको थियो। त्यस बेला १० विकेटले र अहिले ७ विकेटले पाकिस्तान पराजित हुन पुग्यो।

अन्य संयोगहरु – 

१९९२ मा इन्जमाम उल हक पाकिस्तानको नयाँ स्टारको रुपमा उदाएका थिए , २०१९ मा इन्जमामको भतिज रहेका इमाम उल हक उदाईरहेका छन्

१९९२ मा पाकिस्तानी देब्रे हाते ब्याट्सम्यान सोहेल अनवर छैठौं खेलमा म्यान अफ द म्याच चुनिएका थिए
२०१९ मा छैठौं खेलमा देब्रे हाते ब्याट्सम्यान सोहेल हरिस नै खेलमा म्यान अफ द म्याच चुनिएका छन्

१९९२ मा, भारत र अस्ट्रेलियाले पछिल्लो २ विश्वकप ( १९८३ भारत र १९८७ अस्ट्रेलिया ) जितेका थिए , २०१९ मा, भारत र अस्ट्रेलियानै यो पटक पनि पछिल्लो २ विश्वकप ( २०११ भारत र २०१५ अस्ट्रेलिया ) विजेता हुन्

१९९२ मा पाकिस्तानको पुर्व राष्ट्रपति आसिफ अलि जर्दारी जो बेनजिर भुट्टोको पति समेत थिए उनि जेलमा थिए
२०१९ मा, असिफ अलि जर्दारी पुनः जेलमा रहेका छन्

१९९२ मा ‘अलादिन’ एनीमेटेड म्युजीकल फिल्मको रुपमा रिलिज भएको थियो , २०१९ मा, ‘अलादिन रिबुट’ रिलिज भएको छ

अंकको पनि साथ

१९९२ = १+९+९+२ = २१ , २+१ = ३ , २०१९ = २+०+१+९ = १२ , १+२ = ३

मानौं १९९२ LHS र २०१९ RHS , अब, १९९२ = १९+९+२ = ३० , २०१९ = २०+१+९ = ३० LHS = RHS , प्रमाणित





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]