पाकिस्तानको जितमा इमाम र उस्मान उत्कृस्ट, सिरिज रोमान्चक स्थितिमा

  • विकेटनेपाल , माघ १३ , आइतबार 

दक्षिण अफ्रीकालाई चौथो एकदिवसीयमा ८ विकेटले पराजित गर्दै पाकिस्तानले ५ एकदिवसीयको सिरिज २-२ को बराबरीमा ल्याएको छ।

सिरिज अन्तर्गत पहिलो एकदिवसीय पाकिस्तानले ५ विकेटले जितेको थियो जसपछि दोश्रो र तेश्रो एकदिवसीय दक्षिण अफ्रीकाले ५ विकेटले र १३ रनले ( डीएलएस ) जितेको थियो। जनवरी ३० तारिकमा खेलिने पाँचौ एकदिवसीयले सिरिज विजेताको फैसला गर्नेछ।

एक दिवसीय सिरिज अघि खेलीएको टेस्ट सिरिज दक्षिण अफ्रीकाले ३-० ले सफाई गरेको थियो।

दक्षिण अफ्रीकाको कमजोर ब्याटिंग 

जोहानेस्बर्गको वान्डरर्स स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ्ग गर्दै आफ्नो निर्णयलाई सहि सावित तुल्याएको थियो।

दक्षिण अफ्रीकाले क्वान्टन डिककलाई खाता नखोल्दै गुमायो भने २ रन बनाएर रिजा हेन्ड्रिक्स पनि पेभेलियन फर्किए। दुवैको विकेट शाहिन अफ्रिदीले लिए।

१८/२ को अवस्थाबाट पाकिस्तानलाई ओपनर हसिम अमला र कप्तान फाफ डु प्लेसिसले तेश्रो विकेटको लागि शतकीय साझेदारी गर्दै अघि बढाए। डु प्लेसिस ५७ रन ( ७६ बलमा ५ चौका र १ छक्का ) तथा अमला ५९ रन ( ७५ बलमा ७ चौका ) बनाएर आउट हुन पुगे।

अमला र डु प्लेसिसको विकेट पछि दक्षिण अफ्रीकाको मध्य र तल्लो क्रमलाई तहस नहस पार्न उस्मान खानले ४ विकेट हात पारे। फलस्वरुप दक्षिण अफ्रीका ११९/३ को अवस्थाबाट थप ४५ रन बनाउदा अल-आउट हुन पुग्यो। ४१ ओभरमा दक्षिण अफ्रीकाले १६४ रन बनायो।

उस्मान खानले सर्वाधिक ४ विकेट ( ७-०-३५-४ ) लिए भने शाहिन अफ्रिदी ( ८-१-२४-२ ) र शदाब खान ( ९-०-४२-२ ) ले २/२ विकेट लिए।

इमाम उल हकको अर्को उत्कृस्ट इनिंग 

दक्षिण अफ्रीकाले दिएको १६५ रनको लक्ष्य पाकिस्तानले ३१.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

जितमा ओपनर इमाम उल हकले ७१ रन बनाए जुन क्रममा ९१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। जारि सिरिजमा इमामले ४ खेलमा २ अर्धशतक र १ शतक बनाएका छन्। अर्का ओपनर फखार जमानले ४४ ( ४४ बलमा ७ चौका ) बनाए।

बाबर आजमले अविजित ४१ ( ५३ बलमा २ चौका ) तथा मोहम्मद रिजवानले अविजित ४ रन बनाएर टिमलाई जित दिलाएका थिए।

दक्षिण अफ्रीकाको लागि इमरान ताहिर र एन्डीले फेलुक्वायोले १/१ विकेट लिए।

४ विकेट लिएका उस्मान खान प्लेयर अफ द म्याच चुनिए।

( फोटोहरु – आईसीसी )





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]