हफिजको उत्कृस्ट इनिंग, पाकिस्तानलाई सिरिजमा अग्रता

  • विकेटनेपाल, माघ ६ – आइतबार

पहिलो एकदिवसीयमा दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्दै पाकिस्ताले ५ एकदिवसीयको सिरिजमा १-० को अग्रता लिएको छ।

शनिवार राति पोर्ट एलिजाबेथमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर २६६ रनको योगफल तयार गरेको थियो। २६७ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको लागि ओपनर इमाम उल हकले सर्वाधिक ८६ रन ( १०१ बलमा ५ चौका र २ छक्का ) बनाए। यस्तै मोहम्मद हफिजले अविजित ७१ रन बनाउन ६३ बलमा २ छक्का र ८ चौका प्रहार गरे। बाबर आजमले ४९ रन बनाए।

४३ औं ओभरमा पाकिस्तान २२३/५ को अवस्थामा पुग्दा मोहम्मद हफिजले सातौँ नम्बरका ब्याट्सम्यान शदाब खानसंग ४४ रनको साझेदारी गर्दा पाकिस्तानले ५० औं ओभरको पहिलो बलमा जित हाँसिल गरेको थियो।

अन्तिम २ ओभरमा जितको लागि  १४ रन आवस्यक हुँदा डुएन ओलिभरको ओभरमा १३ रन बटुलेपछि जित सहज बनेको थियो। शदाबले अविजित १८ रन बनाउन १९ बलमा १ चौका प्रहार गरे।

हफिज खेलको प्लेयर अफ द म्याच चुनिए।

हसिम अमलाको शतक

यस अघि दक्षिण अफ्रिकाले ओपनर हसिम अमलाको शतकको मद्दतमा निर्धारित ५० ओभरमा २ विकेट गुमाएर २६६ रनको योगफल तयार गरेको थियो।

एकदिवसीय करियरको २७ औं शतक प्रहार गरेका अमलाले अविजित १०८ रनको पारि खेले। १२० बलमा ७ चौका र १ छक्का हिर्काउँदै रिजा हेन्ड्रिक्ससँग पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरे। हेन्ड्रिक्स भने ४५ रन (६७ बल, ५ चौका) बनाउँदै शादब खानको बलमा आउट भए।

हसिम अमला (Photo: ICC)

त्यसपछि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रसीई भानडेर डसेनले ९३ रनको पारि खेल्दै अमलासँग दोश्रो विकेटको लागि १५५ रनको साझेदारी गरेका थिए। डसेनले ६ चौका र ३ छक्का प्रहार गर्न ११० बलको सामना गर्दा हसन अलिको बलमा क्याच आउट भएका थिए।

रसीई भानडेर डसेन (Graphics: Cricket South Africa)

तेस्रो विकेटको लागि डेविड मिलरले अविजित १६ रन बनाउँदै अमलासँग २९ रनको साझेदारी गरे।

बलिंगतर्फ पाकिस्तानका लागि शादाब खानले ४१ रन (१०-०-४१-१) तथा हसन अलिले ४२ रन (१०-२-४२-१) खर्चेर १/१ विकेट हात पारे।

५ खेलको सिरिज अन्तर्गत दोश्रो एकदिवसीय जनवरी २२ तारिकमा डर्बनमा खेलिनेछ। यस अघि सम्पन्न ३ टेस्टको सिरिज दक्षिण अफ्रीकाले ३-० ले जितेको थियो।

( फोटोहरु – आईसीसी र दक्षिण अफ्रीका क्रिकेट )





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]