दक्षिण अफ्रीका ३ विकेटले पराजित, पाकिस्तानले जित्यो सिरिज

दक्षिण अफ्रीकालाई रोमान्चक प्रतिस्पर्धामा ३ विकेटले पराजित गर्दै पाकिस्तानले घरेलु टोलि दक्षिण अफ्रीका बिरुद्धको चार वटा टि-२० को सिरिज ३-१ ले जितेको छ।

सेंचुरियन स्थित सुपर स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा घरेलु टोलि दक्षिण अफ्रीकाले दिएको १४५ रनको लक्ष्य पाकिस्तानले १ बल बाँकी रहंदा ७ विकेट गुमाएर पुरा गर्यो।

ओपनर मोहम्मद रिजवान खाता नखोली आउट भएपछि दोश्रो विकेटको लागि कप्तान बाबर आजम र फखर जमानले ९१ रनको साझेदारी गरे।

मात्र ३४ बलमा ५ चौका र ४ छक्का मद्दतले ६० रन बनाएका फखर जमान दशौँ ओभरमा लिजाड विलियम्सबाट क्याच आउट भएपछि घरेलु टोलि खेलमा फर्कियो। सोहि ओभरमा विलियम्सले २४ रन बनाएका बाबर आजमलाई पनि क्याच आउट पारे।

त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो। मोहम्मद हफिज १० रन, हैदर अलि ३ रन, असिफ अलि ५ रन तथा फहीम अश्रफ ७ रन बनाएर आउट भए।

आठौँ नम्बरमा ब्याटिंग गरेका मोहम्मद नवाजले एक किनार सम्हाल्दै टिमलाई जिततर्फ डोर्याए। अन्तिम ओभरको पाँचौ बलमा जित्न २ बलमा २ रन आवस्यक रहंदा नवाजले विलियम्सलाई छक्का हिर्काउदै टिमलाई जितसम्म पुर्याए। नवाजले २१ बलमा १ चौका र २ छक्का मद्दतले अविजित २५ रन बनाए।

दक्षिण अफ्रीकाको बलिंगमा लिजाड विलियम्स ( ३.५-०-३९-२ ) र सिसंदा मंगला ( ४-०-३३-२ ) ले समान २ विकेट लिए भने बजोर्न फर्चुन, तब्रेज शाम्सी र एन्डीले फेलुक्वायोले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको लागि भान डर डुसेनले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३६ बलमा ५ चौका र २ छक्का प्रहर गरे। जानेमन मलानले ३३ तथा एडेन मारक्रमले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एक समय १०९ रनमा मात्र २ विकेट गुमाएको घरेलु टोलिले थप ३५ रन योगफलमा जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पाकिस्तानको बलिंगमा फहीम अश्रफ ( ४-०-१७-३ ) , हसन अलि ( ४-०-४०-३ ) ले समान ३ विकेट लिए भने हरिस रौफले २ विकेट ( ३.३-०-१८-२ ) तथा शाहिन अफ्रिदी र मोहम्मद नवाजले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच फहीम अश्रफ चुनिए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडी बाबर आजम चुनिए।

सिरिज अन्तर्गत  पहिलो खेल पाकिस्तानले ४ विकेटले, दोश्रो खेल दक्षिण अफ्रीकाले ६ विकेटले तथा तेश्रो खेल पाकिस्तानले ९ विकेटले जितेको थियो। यस अघि टि-२० अन्तर्राष्ट्रिय सिरिज पनि पाकिस्तानले २-१ ले विजयी भएको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ysto-cha-nepal-netherland-t20-cric/

https://wicketnepal.com/paras-ko-sthan-jora-le-line-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy