पाकिस्तान क्रिकेटलाई राहत, २४ वर्ष पछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने पक्का

सन् १९९८ पछि पहिलो पटक २४ वर्षमा अस्ट्रेलियाले आगामी वर्ष २०२२ मार्चमा पाकिस्तानको भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्डले सोमबार यसको पुष्टी गरेको हो।

भ्रमण अन्तर्गत अस्ट्रेलिया र पाकिस्तान बीच तिन टेस्ट, तिन एकदिवसीय अन्तर्राष्ट्रिय र एउटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। मार्च ३ तारिखमा कराचीमा पहिलो टेस्टबाट सिरिजको सुरुवात हुनेछ जसपहि दोश्रो र तेश्रो टेस्ट रावलपिण्डी र लाहोरमा खेलिनेछ। एकदिवसीय र टि-२० सिरिज मार्च २९ देखि अप्रिल ५ तारिखमा लाहोरमा खेलिनेछ।

टि-२० विश्वकप अघि न्युजिल्यान्ड र इंग्ल्यान्डको क्रिकेट टिमको पाकिस्तानमा सुरक्षाको कारण देखाउदै भ्रमण रद्द गरेपछि अस्ट्रेलियाले भ्रमण गर्ने खबरले पाकिस्तानलाई ठूलो राहत दिएको छ।

तिन वटा टेस्टको सिरिज ‘आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप’ अन्तर्गत खेलिनेछ भने तिन वटा ‘एकदिवसीय अन्तर्राष्ट्रिय एकदिवसीय अन्तर्राष्ट्रिय सुपर लिग’ अन्तर्गत हुनेछ।

“अस्ट्रेलियालाई पाकिस्तानमा स्वागत गर्न पाउदा निकै खुसि छु।” पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले बताए। ” अस्ट्रेलियाले उत्कृस्ट टिम हो र आफ्नै घरमा २४ वर्ष पछि खेल्नु दर्शकहरुको लागि ठूलो अवसर हुनेछ।” उनले थपे।

“क्रिकेट अस्ट्रेलिया पाकिस्तान भ्रमण गर्न उत्साहित छ। पाकिस्तानीहरु क्रिकेट र आफ्नो राष्ट्रिय टिमलाई निकै माया गर्छन्।” क्रिकेट अस्ट्रेलियाका सीईओ निक हक्लेले बताएका छन्। “पाकिस्तान क्रिकेट बोर्डलाई भ्रमणको योजनाको लागि गरेको प्रयासको लागि तारिफ गर्छौं। हामि आगामी दिनमा पनि प्रतियोगिताको सुरक्षा, कोभिड-१९ प्रोटोकल र अन्य व्यवस्थापनमा नजिक रहेर काम गर्नेछौँ।” उनले बताए।

अन्तिम पटक अस्ट्रेलियाले सन् १९९८ मा पाकिस्तान भर्मन गर्दा भ्रमण टोलिले टेस्ट सिरिज १-० ले जितेको थियो भने लगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि जितेको थियो। त्यसपछि पाकिस्तानले अस्ट्रेलियाको आतिथ्य सन् २००२ मा शारजाहमा, सन् २०१० मा इंग्ल्यान्डमा तथा २०१४ र २०१८ मा युएईमा गरेको थियो।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]