पाकिस्तानको सुधारियो ब्याटिंग, इंग्ल्यान्डलाई चुनौतिपूर्ण लक्ष्य

पहिलो खेलमा वेस्ट इन्डिजसंग विशाल अन्तरको हार बेहोर्ने क्रममा लज्जास्पद ब्याटिंग गरेको पाकिस्तानले दोश्रो खेलमा आयोजक इंग्ल्याण्डसंग भने सुधारिएको ब्याटिंग गरेको छ।

ट्रेन्ट ब्रिजमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रनको योगफल तयार गर्दै घरेलु टिमलाई ३४९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। पहिलो खेलमा वेस्ट इन्डिजसंग पाकिस्तान ७ विकेटले पराजित हुने क्रममा २१.४ ओभरमा १०५ रनमा सबै विकेट गुमाएको थियो।

पाकिस्तानको ब्याटिंगमा मोहम्मद हफिजले सर्वाधिक ८४ रन बनाए जन क्रममा ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै बाबर आजमले ६३, सरफराज एहमदले ५५, इमाम उल हकले ४४ तथा फखार जमानले ३६ रन बनाए।

राम्रो सुरुवात दिलाउने क्रममा इमाम र फखारले पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। यस्तै तेश्रो विकेटको लागी मोहम्मद हफिज र बबर आजमले ८८ रनको , चौथो विकेटको लागि हफिज र सरफराज एहमदले ८० रनको साझेदारी गरेका थिए।

इंग्ल्याण्डले अतिरिक्तको रुपमा २० रन खर्चेको इंग्ल्याण्डको लागि मोइन अलि ( १०-०-५३-२ ) र क्रिस वोक्स ( ८-१-७१-३ ) ले ३/३ विकेट तथा मार्क वुड ( १०-०-५३-२ ) ले २ विकेट लिए। जोफ्रा आर्चर भने विकेट विहिन तथा महँगो सावित हुनत १० ओभरमा ७९ रन खर्चन पुगे।

प्रतियोगिता अन्तर्गत इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरिसकेको छ भने पाकिस्तानले पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसंग ७ विकेटको पराजय बेहोरेको थियो।

विश्वकप अघि पाकिस्तान र इंग्ल्याण्ड र पाकिस्तान बीचको सिरिजमा इंग्ल्याण्ड ४-० ले विजयी भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy