पाकिस्तान जितबाट ५ विकेट टाढा, बटलर र वोक्सको साझेदारी पछि बढ्यो इंग्ल्यान्डको आशा

२०७७ श्रावण २४, शनिबार २१:०९

इंग्ल्यान्ड र पाकिस्तान बीच जारि तिन टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट रोमान्चक अवस्थामा पुगेको छ।

चौथो दिनको चिया सत्रसम्मको खेल समाप्त हुँदा पाकिस्तानले दिएको २७७ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले ५ विकेट गुमाएर १६५ रन बनाएको छ। जितको लागि घरेलु टिमलाई अझै ११० रन आवस्यक रहेको छ।

एक समय ११७ रनमा ५ विकेट गुमाएपछि पाकिस्तान खेलमा सहजै जिततर्फ अघि बढेको थियो। तर छैठौं विकेटको लागि विकेटकिपर ब्याट्सम्यान जोस बटलर र क्रिस वोक्सले अर्धशतकीय साझेदारी गर्दै इंग्ल्यान्डको आशा जगाएका छन्।

यो साझेदारी टुटेको खण्डमा इंग्ल्यान्डको तल्लो क्रम सुरु हुनेछ। त्यसैले चिया सत्र पछि पाकिस्तान जति सक्दो छिटो साझेदारी तोड्न चाहन्छ।


इंग्ल्यान्डले लक्ष्य पछ्याउने क्रममा १० रन बनाएका ओपनर रोरी बर्नलाई चाडै गुमाउन पुग्यो। त्यसपछि दोश्रो विकेटको लागि डोमिनिक सिबलेले कप्तान जोए रुटसंग ६४ रनको साझेदारी गरे। सिबले ३६ रन बनाएर यासिर शाहको बलमा क्याच आउट भ्याए पछि इंग्ल्यान्डले लगातार विकेट गुमायो। ४२ रन बनाएका रुटलाई नसिम शाहले क्याच आउट गराए। त्यसपछि बेन स्टोक्स ९ रन तथा ओली पोप ७ रन बनाएर यासिर शाह र शाहिन अफ्रिदीको शिकार भए।

पाकिस्तानको बलिंगमा यासिर शाहले २ ( २०-२-७४-२ ) तथा शाहिन अफ्रिदी, मोहम्मद अब्बास र नसिम शाहले १/१ विकेट लिएका छन्।

टेस्टमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा ३२६ रन बनाएको थियो। इंग्ल्यान्डले पहिलो इनिंगमा २१९ रन मात्र बनाएको थियो। पाकिस्तानले दोश्रो इनिंगमा १६९ रन बनाएपछि इंग्ल्यान्डले २७७ रनको लक्ष्य पाएको हो।

इंग्ल्यान्ड बिरुद्ध पाकिस्तानले अन्तिम पटक सन् १९९६ मा सिरिज जित हाँसिल गर्न सकेको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/dhoni-to-sanjay-manjrekar-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy