पाकिस्तानलाई हराउदै नेपाल यु-१९ महिला एसिया कपको फाइनलमा

नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो ।

नेपालले समूहको अर्को खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

जितको लागि एक सय पाँच रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ बनाइन् जुन क्रम्ममा ४७ बलमा ४ चौका प्रहार गरिन्।

बलिङमा पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय चार रन बनाएको थियो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाईन् । बलिङमा नेपालका कप्तान पूजाले दुई तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले एक एक विकेट लिईन् । पहिलो पटक आयोजना भएको यु–१९ महिला एसिया कपमा नेपालले समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको हो ।

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया रहेको छ । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

यु–१९ महिला विश्वकप सन २०२५ को जनवरीमा मलेसियामै आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छ ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]