- विकेटनेपाल, मङ्सिर १८ , मंगलबार
दुबईमा जारि पाकिस्तान र न्युजिल्यान्ड बीचको तेश्रो तथा अन्तिम टेस्टमा पाकिस्तानी स्पिनर हावी हुँदा न्युजिल्यान्डलाई पाकिस्तानले २७४ रनमा सिमित गरेको छ।
न्युजिल्यान्डलाडलाई रोक्न बिलाल आसिफले ५ ( ३०.१-४-६५-५ ) तथा यासिर साहले ३ विकेट ( ४१-११-७५-३ ) हात पारे।
मंगलवारनै पहिलो इनिंग सुरु गरेको पाकिस्तान दोश्रो दिनको खेल समाप्तिमा १३९/३ को स्तिथिमा रहेको छ। दिनको समाप्तिमा अजहर अलिको ६२ रनको मद्दतले ३ विकेट गुमाएर पाकिस्तानले १३९ रन बनाएको हो। त्यस्तै पाकिस्तानका लागि असद सफिक अविजित २६ रन बनाउदै क्रिजमा छन्।
अबु धाबी मैदानमा ब्याटिंगमा उत्रेको पाकिस्तानले पहिलो दुइ विकेट १७ रनमै गुमाए पछि अजहर अलि र हरिस सोहिलले ६८ रनको साझेदारी गर्दै इनिंगलाइ अघि बढाएका थिए। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले २ तथा टिम साउथिले १ विकेट हात पारेका छन्।
न्युजिल्यान्डले पहिलो इनिंगमा आफ्नो सबै विकेट गुमाएर २७४ रन बनाएको थियो। कप्तान विलिम्सनले ८९ (१७६ बल, ७ चौका) रन बनाए भने रभालले ४५(८२ बल, ४ चौका) रन बनाउदा वाट्लिङ्गले अविजित ७७ रनको पारि खेले। न्युजिल्यान्डको लागि बाँकी ब्याट्सम्यानले भने खास योगदान गर्न सकेनन्।

सिरिज अन्तर्गत पहिलो टेस्टमा न्युजिल्यान्ड ४ रनले विजयी भएको थियो भने दोश्रो टेस्टमा पाकिस्तान इनिंग र १६ रनले विजयी भएको थियो।